मुख्य समाचार
अमेरिकामा चिट्ठा ठगेको १५ वर्षपछि नेपालमा दोषी
अमेरिकामा चिट्ठा ठगेको १५ वर्षपछि नेपालमा दोषी

। अमेरिकामा १० लाख डलर ठगेर नेपाल आएका एक व्यक्ति १५ वर्षपछि विशेष अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले चिट्ठाको पैसा ठगेर नेपाल फर्केका पंकज जोशीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापको इजलासले जोशीलाई दुई करोड ६ लाख रुपैंया जरिवाना हुने फैसला गर्दै उनको खातामा रहेको रकम जफत हुने फैसला गरेको हो ।




अध्ययनका लागि नेपालबाट अमेरिका पुगेका पंकज जोशीले १० लाख डलर चिठ्ठा परेका एक व्यक्तिलाई झुक्याएर उनको रकम हात पारेका थिए । उनले अमेरिकाको जेपी मोर्गन चेज बैंकबाट नेपालको बैंक अफ काठमाडौंमा रकम भित्र्याएका थिए । त्यसलगत्तै विभिन्न चरणमा नेपालमा रकम पठाएका उनी केही समयपछि नेपाल आए ।

उनी नेपाल फर्केलगत्तै सम्बन्धित अमेरिकी नागरिकले आफूलाई चिट्ठा परेको र जोशीले झुक्याएर रकम कुम्ल्याएको थाह पाएपछि प्रहरीमा खबर गरे । अमेरिकी प्रहरीले अमेरिकामा समेत जोशीविरुद्ध ठगी मुद्दा चलाएको थियो ।




अपराधबाट आर्जित रकम नेपालमा भित्र्याएको थाह पाएपछि अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले नेपालमा पत्र पठाएको थियो । त्यसपछि अनुसन्धान गरेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा हालेको थियो ।

गैरकानूनी काम गरेर रकम आर्जन गरेको(सम्पत्ति शुद्धीकरण) गरेको अवस्थामा नेपालभित्र वा बाहिर जहाँ रहेको व्यक्तिहरुमाथि समेत अनुसन्धान हुनसक्ने भन्दै विशेष अदालतले पंकज जोशीमाथि मुद्दा दायर भएको घटनालाई स्वभाविक भनी व्याख्या गरेको छ ।

गैरकानूनी स्रोतबाट आर्जन भएको रकम लुकाउने उद्देश्यले अमेरिकाबाट नेपालमा पैसा पठाएको, कसुर गरेर रकम कमाएको भन्ने थाह हुँदाहुँदै नेपालको खातामा रकम जम्मा भएको भन्दै विशेष अदालतले जोशीलाई दोषी ठहर गरेको हो । विशेष अदालतले सम्पत्ति शुद्धीकरण गर्नासाथ त्यो कसुर हुने भनी व्याख्या गरेको हो ।

‘मूल कसूरलाई लुकाई छिपाई त्यसबाट आर्जित सम्पत्तिलाई लुकाउन सम्पत्ति शुद्धीकरण गरिएको देखिन्छ । यो एउटा बहुआयामिक वित्तीय अपराध पनि हो’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘मूल अपराध लुकाउने हुनाले शुद्धीकरणको अपराध भएपछि उसले मूल अपराध गर्यो वा गरेन र उसको अपराध गर्ने मनसाय थियो वा थिएन भनी विचार गरिँदैन ।’

अमेरिकाबाट नेपाल आएका पंकजले आफूविरुद्धको मुद्दाको प्रतिवाद नगरी मौन बसेका थिए । नेपालमै बसेर पनि मुद्दाको प्रतिवाद गर्ने अवसर हुदाहुदै उनी मौन रहेकोमा विशेष अदालतले प्रश्न उठाएको हो । विशेष अदालतले त्यहाँ मुद्दा चलेकाले मात्रै नेपालमा नेपालमा निर्णय नगरी बस्न नमिल्ने व्याख्या गरेको छ ।

‘एउटाले गरेको अपराधबाट दुई देशको दौत्य सम्बन्ध प्रभावित हुनु हुँदैन । तर यस्ता आपराधिक गतिविधिले नेपाल जस्ता मुलुकको अन्तर्राष्ट्रिय छविमा धक्का लाग्ने सम्भावना समेत रहन्छ’ विशेष अदालतले फैसलामा भनेको छ, ‘तसर्थ यस्ता अपराधमा संलग्नलाई अपराध प्रमाणित भएमा कानूनको कठघरामा उभ्याउनु कानूनी राज्यको उद्देश्य रहेको हुन्छ ।’

विशेष अदालतले उनलाई कुनै कैद नगरी दुई करोड ६ लाख जरिवाना गर्दै उनको नेपालस्थित बैंकखातामा रहेका रकमहरु रोक्का हुने फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ गोरक्षेश्वर मन्दिर नजिकै ग्याँस बुलेटको ठक्करबाट शुक्रबार राति साइकलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि ...
: नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षLय छलफलमा उक्त सहमति भएको हो। आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरL निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षहरू सहमत भएका हुन्। मन्त्री देवेन्द्र दाहालको अगुवाईमा भएको छलफलमा उक्त सडक क्षेत्रका सरोकारवाला समेत ...
। सहकारी छानबिन समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ । समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएका थिए । तर, आर्थिक कारोवार हेर्दा रवि लामिछाने नै कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको हो । समितिले ...
: वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले रामहरि भण्डारी पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । आज बिहान जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उनले नेपाललाई टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए । शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने उनको ...