मुख्य समाचार
नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडकबारे ६ बुँदे सहमति
नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडकबारे ६ बुँदे सहमति

: नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षLय छलफलमा उक्त सहमति भएको हो। आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरL निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षहरू सहमत भएका हुन्।


मन्त्री देवेन्द्र दाहालको अगुवाईमा भएको छलफलमा उक्त सडक क्षेत्रका सरोकारवाला समेत रहेका कृषि तथा पशुपञ्छि मन्त्री रामनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डे, बागमती प्रदेशका पूर्वमुख्य मन्त्री शालिकराम जमरकट्टेल, प्रदेशका मन्त्री मधुकुमार श्रेष्ठ लगायत विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो। निर्माण कम्पनीका प्रतिनिधी, कन्सल्ट्यान्ट लगायतको छलफलले सडक निर्माणमा देखिएका समस्या समाधान गरि निर्माणलाई गति दिने सहमति भएको हो।

के के छ सहमतिमा ?


सहमति पत्रमा निर्माण सामाग्री उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड बमोजिम राष्ट्रिय प्राथमिकता प्राप्त राजमार्ग निर्माण÷विस्तारको लागि निर्माण व्यवसायीबाट श्रोत पहिचान गरि प्रस्ताव गरेमा पालिकाहरुबाट वा योजना पहिचानको बेलामा वातावरणीय अध्ययन प्रतिवेदनमा भएका खानीहरु योजनाको निर्माणका लागि प्रयोग गर्ने गरि आवश्यक कच्चा निर्माण सामाग्री उत्खनन् गर्न सहयोग गर्ने र सो बारेमा सहजीकरणका लागि सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गर्ने उल्लेख छ ।
निर्माण व्यवसायीले श्रोत उपयोग गरेको पालिकालाई नियमानुसार राजश्व तिर्नु पर्ने तर ओसारपसारमा थप वा दोहोरो कर नलिने सहमति हुनका साथै योजना कार्यान्वयनको सन्दर्भमा निर्माण व्यवसायीले स्थापना गर्नुपर्ने क्रसर प्लान्ट÷अस्फल्ट प्लान्ट राख्नका लागि सम्बन्धित निकायले आवश्यक सहयोग गर्न पनि सम्बद्ध निकायले प्रतिवद्धता जनाएका छन् ।

सडक विभागले तत्कालै सीतापाइला, धार्के, भिमढुंगा, लामीडाँडा, गल्छी तथा गल्छी परेवाटार (त्रिशुली पारि पट्टि) भई रहेका सडकहरुको अवस्था अनुसार डाइभर्सन सडकको रुपमा प्रयोग गर्ने समेत सहमति पत्रमा उल्लेख छ । आयोजनाको टीम, योजना कार्यालय, परामर्शदाता, निर्माण व्यवसायीले सबै पक्षहरू डिजाइन कार्यान्वयन र गर्नु पर्ने सुधारका सम्वन्धमा स्थथानीय पालिकाहरुसँग नियमित सम्पर्क र समन्वय पनि गर्नु पर्ने भएको छ ।
सडक निर्माण गर्दा प्रचलनमा रहेका सिंचाई र शाखा सडकहरूमा अवरोध नहुने गरि निर्माण कार्य गराउने विषय पनि सहमति पत्रमा समेटिएको छ । छलफलको सहमति अनुसार निर्माण व्यवसायीले अल्पकालीन रुपमा आगामी चाडपर्वहरुलाई लक्षित गरि असोज १७ गतेभित्र सम्पूर्ण मर्मतको काम सक्नु पर्ने भएको छ। त्यस्तै आर्थिक वर्ष २०८१-८२ को लक्ष्य अनुसार काम नभए आयोजना सम्झौताका शर्त बमोजिम गर्ने भनिएको छ भने आयोजना कार्यान्वयन गर्दा गल्छी, महादेववेशी लगायतका स्थानमा छुट भएका थप घर-टहरा-संरचनाहरुको नियमानुसार क्षतिपूर्तिका लागि तत्काल प्रकिया अघि बढाउने पनि सहमति पत्रमा उललेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ गोरक्षेश्वर मन्दिर नजिकै ग्याँस बुलेटको ठक्करबाट शुक्रबार राति साइकलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि ...
। सहकारी छानबिन समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ । समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएका थिए । तर, आर्थिक कारोवार हेर्दा रवि लामिछाने नै कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको हो । समितिले ...
: वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले रामहरि भण्डारी पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ ...
। अमेरिकामा १० लाख डलर ठगेर नेपाल आएका एक व्यक्ति १५ वर्षपछि विशेष अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले चिट्ठाको पैसा ठगेर नेपाल फर्केका पंकज जोशीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापको इजलासले जोशीलाई दुई करोड ६ ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । आज बिहान जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उनले नेपाललाई टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए । शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने उनको ...