‘नेपालमा महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पाएका छौं, सकारात्मक रुपमा लिनुपर्छ’
‘नेपालमा महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पाएका छौं, सकारात्मक रुपमा लिनुपर्छ’

: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा महिला राष्ट्रप्रमुख, सभामुख र प्रधानन्यायाधीश बनिसकेको बताएकी छन्। क्यानडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेश मन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै राणाले नेपालमा आफूहरुले निरन्तर रुपमा लैङ्गिक समानताका लागि लडेपछि नीतिगत सुधार भएको बताएकी हुन्।




उनले नेपालमा महिला समानताका लडेकाले लक्षित नीति र कार्यले केही सुधार ल्याइरहेको बताइन्। ‘हामीले महिला समानताका लागि लडेको धेरै भयो। अहिले भने हाम्रो संविधानले सङ्घीय र प्रादेशिक संसदमा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ।’ परराष्ट्र मन्त्री राणाले भनिन्, ‘संविधान जारी भएको एक दशकमा नेपालमा हामीले महिला राष्ट्रप्रमुख (राष्ट्रपति), सभामुख र प्रधानन्यायाधीश पाएका छौँ। यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्दछ।’

नेपालमा पूर्ण लैङ्गिक समानता अहिलेसम्म हासिल हुन नसकेको भए पनि महिला सहभागिता बढ्दै जानु सकारात्मक रहेको उनको भनाई छ। उनले महिलाहरुलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताइन्। उनले भनिन्, ‘महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान छन् र यससम्बन्धी मान्यताहरु पनि विकास भएका छन्, तर पनि महिलालाई नेतृत्वमा पुग्न भने अझै धेरै चुनौती छन्।’null



लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुले झन् धेरै समस्या झेल्नुपरिरहेको मन्त्री डा. राणाको तर्क थियो। परराष्ट्रमन्त्री डा. राणाले भनिन्, ‘संसारमा महिला वर्गको राजनैतिक, सामाजिक, आर्थिक र कानुनी अवस्थाको विश्लेषण गर्दा हाल संसारमा ११ प्रतिशतभन्दा कम राष्ट्रप्रमुख र १० प्रतिशतभन्दा कम सरकारप्रमुखहरू महिला छन्। महिलाहरू रोजगारीको ६० प्रतिशत अनौपचारिक अर्थतन्त्रमा केन्द्रित छन् र औसतमा पुरुषभन्दा तीन गुणा बढी समय अवैतनिक सेवा र घरेलु काममा महिला रहेका छन्।’

कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेका उनले बताइन्। उनले महिलाहरूले विश्वव्यापी रूपमा पुरुषले पाएका कानूनी अधिकारहरूको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको अवस्था रहेको जानकारी दिइन्।

कानुनी प्रावधानकै कारण नेपालको निजामति सेवामा २८ प्रतिशत महिला पुगेका छन् भने राज्यका सुरक्षा निकायहरुमा पनि महिला सहभागिता बढ्दो छ। त्यस्तै निजी क्षेत्रमा भने २९ प्रतिशतभन्दा बढी महिला व्यवस्थापक रहेका उनको भनाई छ।

संसारमा महिला समानता र महिला अधिकारका क्षेत्रमा कानुनी प्रावधानहरुको खाँचो नरहेको तर्क गर्दै मन्त्री डा राणाले ती व्यवस्थाहरुलाई वास्तविक कार्यान्वयनमा उतार्न मानिसका व्यवहारमै परिवर्तन जरुरी रहेकोमा जोड दिइन्। बैठकमा विश्वका १६ देशका महिला विदेशमन्त्री सहभागी छन्। बैठकमा महिला समानता र सहभाागिता, महिला नेतृत्वको विकास, नेतृत्वमा पुग्न महिलाका चुनौती, गलत सूचना र यसले महिलालाई पारिरहेको प्रभावलगायतका विषयमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ...
। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारीको रकम दुरुपयोग गरेको प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गल्ती ढाकछोप गर्न लागि परेको दाबी गरेका छन् । महतले लामिछानेले आफ्नो पक्षमा भिड जमा गरेर विभिन्न खालका प्रपोकाण्डा बनाउन खोजेको बताउँदै त्यो सफल नहुने बताएका हुन् । शुक्रबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ...
। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएसँगै प्रहरीले रवि लामिछाने विरुद्ध पूरक अभियोग लैजाने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार सांसद् सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई कानून बमोजिम कारबाही गर्न गरेको सिफारिसका आधारमा पुरक अभियोग लैजाने तयारी ...
। नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिन तीन वटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो । आयोजनामा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्षबीच सहमती भएको हो । भौतकमन्त्री देवेन्द्र दाहालले बोलाएको ...
: उत्तर चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाका क्षेत्रमा बिहीबारदेखि बिजुली बलेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङ र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त पहलमा नेपाल विद्युत प्राधिकरणले कोरला नाकामा विद्युत लाइन विस्तार गरेको हो। यसअघि नेपाल विद्युत प्राधिकरणले विद्युत पोल विस्तार गरेको थियो। उपल्लो मुस्ताङीलाई कोरला नाका खुला गरिएपछि त्यहाँ नेपाल विद्युत प्राधिकरणले ...