मुख्य समाचार
रवि लामिछानेले गोर्खा मिडियामा बुझ्थे ६ लाखभन्दा बढी तलब, वर्षमा ७४ लाख
रवि लामिछानेले गोर्खा मिडियामा बुझ्थे ६ लाखभन्दा बढी तलब, वर्षमा ७४ लाख

। गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधि (१८ महिना)मा एक करोडभन्दा बढी तलब बुझेको भेटिएको छ ।

सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल एक करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको खुलासा गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा लामिछानेले गोर्खा मिडियाबाट ३० लाख रुपैयाँ तलब बुझेका थिए । आर्थिक वर्ष २०७८/७९ मा भने उनले ७४ लाख ३६ हजार ५८७ रुपैयाँ तलब लिएका थिए ।

उनी१ माघ २०७७ देखि १ असार २०७९ सम्म गोर्खा मिडियामा आबद्ध थिए । यसअनुसार लामिछानेले मासिक करिब ६ लाख २० हजार रुपैयाँ तलब बुझेको देखिन्छ ।

रास्वपाका सहमहामन्त्री रहेका विपिनकुमार आचार्यले पनि यो अवधिमा गोर्खा मिडियाबाट ५३ लाख ५३ हजार १६६ रुपैयाँ तलब बुझेको प्रतिवेदनमा उल्लेख छ ।

मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई)ले आर्थिक वर्ष २०७८/७९मा ३० लाख रुपैयाँ तलबका रुपमा बुझेको विवरणमा उल्लेख छ ।

गोर्खा मिडियाले सञ्चालन अवधिमा १४ करोड ९३ लाख २२ हजार रुपैयाँ तलबकै रुपमा खर्च गरेको देखिएको छ ।

विभिन्न सहकारीबाट गोर्खा मिडियामा गैरकानुनी रुपमा आएको ६५ करोड रुपैयाँ अपचलन भएको ठहर गर्दै हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेमाथि समेत कारबाही गर्न संसदीय समतिको सो प्रतिवेदनले सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्ने जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। मानव तस्करीको आरोप लगाएका अधिकारीलाई मोरङ प्रहरीले आइतबार उनकै निवासबाट पक्राउ गरी जहाजबाट काठमाडौं ल्याइएको हो। काठमाडौं ल्याएपछि जिल्ला प्रहरी परिसरले अधिकारीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौंमा पेश गरेको ...
— बाढीपहिरोले पुर्‍याएको क्षतिमा परेको बिमा दाबीमध्ये हालसम्म करिब चार प्रतिशत मात्र भुक्तानी भएको छ । बाढीपहिरोजस्तो विशेष परिस्थितिले पुर्‍याएको क्षतिको बिमा दाबी भुक्तानीमा ढिलाइ नगर्न बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणले कम्पनीहरूलाई निर्देशन दिए पनि हालसम्म निकै कम मात्र फर्छ्योट भएको छ । अप्ठ्यारो परिस्थितिमा सरल र छिटो दाबी भक्तानी दिँदा बिमाप्रति जनविश्वास बढ्ने भन्दै ...
: हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ। मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ। बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो। ...
— हवाई भाडा अस्वाभाविक रूपमा अकासिएको गुनासो बढेपछि नागरिक उड्डयन प्राधिकरणले स्वदेशी र विदेशी सबै वायुसेवा कम्पनीलाई उपभोक्ता मर्कामा नपर्ने गरी टिकट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । नेपाल सरकार र वायुसेवा सञ्चालकहरूबीच भएको सम्झौताको सर्तविपरीत महँगो हवाई भाडा लिए कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ...
: राजस्व चुहावटलाई नियन्त्रण गर्न दुई वटा अनुगमन टोली बन्ने भएको छ। मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुख संयोजक रहनेगरी दुई वटा अनुगमन टोली गठन गर्ने निर्णय गरेको हो। अनुगमन टोलीमा सुरक्षा निकायका प्रहरी नायव महानिरीक्षकहरू सदस्य रहनेछन्। अनुगमन टोलीले राजश्व चुहावटको जोखिम भएका क्षेत्र र स्थान ...