– घरेलु टोली क्यानडाले आईसीसी विश्वकप लिग-२ मा ओमानलाई ५९ रनले हराएकोछ । २७७ रनको लक्ष्य पछ्याएको ओमान ४६ ओभरमा २१७ रनमा अल आउट भयो ।
ओमानका फयाज बटले ४४, जिशान मकसुद २७, आयन खान ३०, सोएब खान २४, मेहरान खान ३७ र अकिब इलियास १० रन बनाए । क्यानडाका डिलोन हेलिगरले ४ र कलिम सानाले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २७६ रन बनाएको थियो । हर्ष थाकेरले १०३ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ९३ रन बनाए ।
निकोलस किर्तोनले ५० बलमा २ चौका र ४ छक्कासहित ५७, साद बिन जाफर २२, हेलिगरले १४ बलमा ४ छक्कासहित ३७ र परगत सिंहले ४२ रन जोडे ।
ओमानका सकिल अहमद, कलिमुल्लाह, फयाज बटले २-२ विकेट लिए ।
क्यानडा १० खेलमा १२ अंकका साथ दोस्रो स्थानमाछ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमाछ । ओमान भने ६ खेलमा ५ अंकका साथ छैटौं स्थानमाछ । क्यानडाले आइतबार नेपालसँग खेल्नेछ । क्यानडाले पहिलो खेलमा नेपाललाई १०३ रनले हराएको थियो ।