न्युयोर्कमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुने
न्युयोर्कमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुने

: प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने भएको छ। असोज ६ गते आइतबार स्थानीय समयअनुसार साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।




ओली-मोदी भेटवार्ताका लागि परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालय आन्तरिक तयारीमा जुटेका छन्। 'प्रधानमन्त्रीज्युको भारतीय समकक्षीसँगको भेटवार्ता सुनिश्चित भएको छ। केही तलमाथि नभए सेप्टेम्बर २२ (असोज ६) मा उहाँहरूबीच भेटवार्ता हुनेछ,' परराष्ट्र मन्त्रालय स्रोतले अन्नपूर्णसँग भने।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार कतार हुँदै अमेरिका प्रस्थान गरेका छन्। उनी शनिबार न्युयोर्क पुग्नेछन्। उता, समकक्षी मोदी शनिबार न्युयोर्क प्रस्थान गर्ने भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ। न्युयोर्क पुगेलगत्तै ओली-मोदीबीच भेटवार्ता हुनेछ।



भारतीय विदेश मन्त्रालयका अनुसार मोदी २३ सेप्टेम्बरसम्म अमेरिकामा रहनेछन्। २३ तारिखमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर मोदी फर्किने भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ। सोही कारण पनि ओली-मोदीबीचको भेट २२ तारिखलाई मिलाइएको स्रोतको दाबी छ। 'भारतीय प्रधानमन्त्रीको भ्रमण छोटो भएकै कारण २२ तारिखमै भेटवार्ता सुनिश्चित गरिएको छ,' परराष्ट्र मन्त्रालय स्रोतको दाबी छ।

गत भदौ २२ गते प्रधानमन्त्री ओलीले फराकिलो मनले संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका थिए। उनले भारत लामो संस्कृति भएको छिमेकी मित्र भएको र नेपालले खुलारूपमा छिमेकीसँग कुरा गर्नुपर्ने बताएका थिए।

न्युयोर्कमा हुने भेटमा पनि उनीहरूबीच नेपाल र भारतबीचको द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ। नेपाल-भारतबीचको सम्बन्धलाई मजबुत बनाउन र दुई देशका सरकारबीच आपसी सहकार्यका विषयमा पनि उनीहरूबीच छलफल हुने स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली असोज १२ गतेसम्म न्युयोर्कमा रहनेछन्। त्यहाँ रहँदा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन्। असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली १४ गते नेपाल फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ...
। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारीको रकम दुरुपयोग गरेको प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गल्ती ढाकछोप गर्न लागि परेको दाबी गरेका छन् । महतले लामिछानेले आफ्नो पक्षमा भिड जमा गरेर विभिन्न खालका प्रपोकाण्डा बनाउन खोजेको बताउँदै त्यो सफल नहुने बताएका हुन् । शुक्रबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ...
। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएसँगै प्रहरीले रवि लामिछाने विरुद्ध पूरक अभियोग लैजाने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार सांसद् सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई कानून बमोजिम कारबाही गर्न गरेको सिफारिसका आधारमा पुरक अभियोग लैजाने तयारी ...
। नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिन तीन वटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो । आयोजनामा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्षबीच सहमती भएको हो । भौतकमन्त्री देवेन्द्र दाहालले बोलाएको ...
: उत्तर चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाका क्षेत्रमा बिहीबारदेखि बिजुली बलेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङ र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त पहलमा नेपाल विद्युत प्राधिकरणले कोरला नाकामा विद्युत लाइन विस्तार गरेको हो। यसअघि नेपाल विद्युत प्राधिकरणले विद्युत पोल विस्तार गरेको थियो। उपल्लो मुस्ताङीलाई कोरला नाका खुला गरिएपछि त्यहाँ नेपाल विद्युत प्राधिकरणले ...