छविलालको बयान : रकम कसरी आयो भन्नेबारे गोरखा मिडियाको बोर्ड बैठकमा केही सल्लाह भएन
छविलालको बयान : रकम कसरी आयो भन्नेबारे गोरखा मिडियाको बोर्ड बैठकमा केही सल्लाह भएन

। सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा गोरखा मिडिया प्रालिका तत्कालीन सेयर होल्डर तथा पूर्वडीआईजी छविलाल जोशीले सहकारीको रकमबारे आफू जानकार नभएको दाबी गर्दै बयान दिएका छन् ।

‘जीबी राई संलग्न कुनै पनि सहकारीबाट कुनै रकम लिएको छैन,’ जोशीले बयान दिएका थिए । त्यसैगरी जोशीले सेयर बापत कुनै रकम नदिएको पनि बयानमा बताएका छन् ।


‘४ लाख २० हजार कित्ता सेयर तपाईंको नाममा देखिन्छ । पूर्वडीआईजी जस्तो मान्छेले कम्पनी रजिस्ट्रारको कार्यालयमा सेयर लगत कायम गराउने गरी भएको कम्पनीको माइन्युटमा किन हस्ताक्षर गर्नुभयो ?’ भनेर सोधिएको प्रश्नमा जोशीले ‘सबै कुरा जीबीले मिलाएको’ जवाफ दिएका छन् ।

जोशीले भनेका छन्, ‘गलत काम गर्नुहुन्न भन्ने जानकारी मलाई छ । सेयर बापत मैले कुनै रकम दिएको छैन । यस विषयमा मलाई जानकारी भएन । जीबी राईले आफैं मिलाउनुभएको हो ।’


त्यसैगरी रकमबारे गोरखा मिडियामा छलफल पनि नभएको उनको भनाइ छ ।

‘रवि लामिछाने सेयर होल्डर र म्यानेजिङ डाइरेक्टर भएर ग्यालेक्सी फोरके टेलिभिजनमा सर्वेसर्वा हुनुभयो । यो रकम कुन प्रयोजनका लागि कसरी आयो भन्ने विषय बोर्डको मिटिङ, माइन्युट र सरसल्लाह केही भएन,’ जोशीले बयानमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ...
। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारीको रकम दुरुपयोग गरेको प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गल्ती ढाकछोप गर्न लागि परेको दाबी गरेका छन् । महतले लामिछानेले आफ्नो पक्षमा भिड जमा गरेर विभिन्न खालका प्रपोकाण्डा बनाउन खोजेको बताउँदै त्यो सफल नहुने बताएका हुन् । शुक्रबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ...
। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएसँगै प्रहरीले रवि लामिछाने विरुद्ध पूरक अभियोग लैजाने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार सांसद् सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई कानून बमोजिम कारबाही गर्न गरेको सिफारिसका आधारमा पुरक अभियोग लैजाने तयारी ...
। नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिन तीन वटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो । आयोजनामा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्षबीच सहमती भएको हो । भौतकमन्त्री देवेन्द्र दाहालले बोलाएको ...
: उत्तर चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाका क्षेत्रमा बिहीबारदेखि बिजुली बलेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङ र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त पहलमा नेपाल विद्युत प्राधिकरणले कोरला नाकामा विद्युत लाइन विस्तार गरेको हो। यसअघि नेपाल विद्युत प्राधिकरणले विद्युत पोल विस्तार गरेको थियो। उपल्लो मुस्ताङीलाई कोरला नाका खुला गरिएपछि त्यहाँ नेपाल विद्युत प्राधिकरणले ...