मुख्य समाचार
महिला लिग : कोशीको पोष्टमा रश्मीको पाँच गोल
महिला लिग : कोशीको पोष्टमा रश्मीको पाँच गोल

। एन्फा महिला लिग अन्तर्गत सातौं चरणको पहिलो खेलमा कोशी प्रदेशविरुद्ध एपीएफ ८–० ले विजयी भएको छ । एपीएफको जितमा रश्मी कुमारी घिसिङ एक्लैले ५ गोल गरेकी छन् ।

एपीएफका लागि पाँचौं मिनेटमा अनिता केसीले गोल गर्दै अग्रता दिलाएकी हुन् । रश्मी कुमारी घिसिङको असिस्टमा उनले गोल गरेकी हुन् । खेलको १९ औं मिनेटमा कप्तान अनिता बस्नेतले एपीएफका लागि फ्रि किकमा गोल गरिन् ।


पहिलो हाफमा २–० को अग्रता बनाएको एपीएफले दोस्रो हाफमा ६ गोल थप्यो । खेलको ५६औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफविरुद्ध ३–० को अग्रता बनाइन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दोस्रो हाफको ८० मिनेटमा कोशी १० खेलाडीमा सीमित बन्यो । खेलको ८० औं मिनेटमा कोशीकी नेहा कुमारी चौधरीले सविता राना मगरलाई फाउल गर्दा उनी दोहोरो पहेंलो कार्डसहित मैदानबाट बाहिरिएकी थिइन् ।




पोष्टको वायाँपट्टीबाट पाएको फ्रि किकबाट अनिता केसीले सहजै गोल गरिन् ।

त्यसपछि भने १० खेलाडीमा सीमित कोशीलाई रश्मीलाई रोक्न गाह्रो भयो । खेलको ८१ औं, ८५ औं, ८७ औं र ८८ औं मिनेटमा गोल गर्दै रश्मीले आजको खेललाई कोशीबाट धेरै पर पुर्याइन् । यससँगै सर्वाधिक गोलकर्ताको सूचीमा पनि रश्मीले आफ्नो नाम दर्ता गराएकी छिन् ।

यससँगै एपीएफ सातौं चरणसम्म अपराजित रहेको छ । एपीएफ ७ खेलबाट ६ जित र १ बराबरीसँगै १९ अंकका साथ शीर्ष स्थानमा छ ।

कोशीलाई भने आजको हारले शीर्ष पाँचको दौडमा धक्का लागेको छ । कोशी ७ खेलमा जम्मा ३ जित, १ बराबरी र ३ हारसहित हालसम्म पाँचौं स्थानमा छ ।

आजको दोस्रो खेल त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका बीच दिउँसो साढे ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित