मुख्य समाचार
नामिबियामाथि युएईको कीर्तिमानी जित
नामिबियामाथि युएईको कीर्तिमानी जित

– युएईले आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली नामिबियामाथि एक विकेटको कीर्तिमानी जित हात पारेको छ । आफ्नोे ओडीआई इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै युएईले लिग-२ मा पहिलो जित निकालेको हो ।

३१४ रनको विशाल लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । युएईको ओडीआईमा यसअघि उच्च लक्ष्य पूरा २०२२ मा ओमानविरुद्ध ३०८ रन थियो ।




युएईका विष्णु सुकुरमानले ९० बलमा ८ चौका र ५ छक्कासहित ९७ रनको इनिङ खेले । बासिल हामिदले ४७ बलमा ६ चौका र ४ छक्कासहित ७१ रनको योगदान दिए । एक समय ११४-५ को अवस्थामा पुगेको युएईलाई विष्णु र बासिलले छैटौं विकेटका लागि १५५ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए ।

अली नासिर २१ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा नट आउट रहे । मोहम्मद वासिम १९, एलिशान शराफु र अर्यांश शर्माले ३०-३० रन बनाए । नामिबियाका जेन निकोल लोफ्टीले ४, टांगेनी लुंगामेनी र बेर्नार्ड स्कोल्ट्जले २-२ विकेट लिए ।


त्यसअघि विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा सबै विकेट गुमाएर ३१३ रन बनाएको थियो । नामिबियाका ओपनर माइकल भान लिंगेनले ८५ बलमा ९ चौका र ४ छक्कासहित १०७ रनको शतकीय इनिङ खेले पनि जित निकाल्न पर्याप्त रहेन ।

जेपी कोट्जीले ५३ बलमा ६ चौका र ४ छक्कासहित ६४ रन बनाए । ओपनर कोट्जी र लिंगेनले १५.५ ओभरमा १४२ रनको आक्रामक साझेदारी गर्दै एक समय विशाल योगफलको आधार तय पारेका थिए । तर मोहम्मद जवादुल्लाहले कोट्जीलाई बोल्ड आउट गरेपछि उक्त रनको गति बढाउन सकेन । जेन निकोल लोफ्टीले ६३ बलमा २ चौका र ३ छक्कासहित ५४ रन बनाए ।

युएईका अली नासिरले ३, मोहम्मद जवादुल्लाह, जुनैद सिद्दिक, बासिल हामिद, विष्णु सुकुरमान र राहुल भाटियाले १-१ विकेट लिए । युएई ५ खेलमा २ अंकका साथ पुछारमा छ । नामिबिया १० खेलमा ४ मा जितका साथ पाँचौं स्थानमाछ । नेपाल ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमाछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित