आमा-छोरा हत्या प्रकरण : १३ दिनपछि यसरी पक्राउ परे ताराबहादुर
आमा-छोरा हत्या प्रकरण : १३ दिनपछि यसरी पक्राउ परे ताराबहादुर

: उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेका आमा-छोराको हत्या भएको तथ्य खुलेको छ। वडा कार्यालय नजिक पसल गर्दै आएकी ३७ वर्षीया निर्मला थापा र सोही ठाउँका बोलेरो चालक ३२ वर्षीय ताराबहादुर थापाबीचको सबन्धलाई वैधानिक बनाउन खोज्दा ६ वर्षीय छोरा आरुससहित निर्मलाको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो।




उनीहरूबीचको सम्बन्ध एकान-दुकान मैदान भएपछि निर्मलाले विवाह गर्न ताराबहादुरलाई दबाब दिँदै आएकी थिइन्। आरोपित ताराबहादुर विवाहित हुन्। घरमा श्रीमती भएकै कारण उनले निर्मलालाई विवाह नगर्ने तर सम्बन्ध कायम राखिराख्ने निर्णयमा पुगेका थिए।

उनको निर्णय निर्मलाले नमानेपछि उनी अप्ठ्यारोमा परेको प्रहरीसँगको प्रारम्भिक बयानबाट खुलेको छ। उनीहरूबीचको सम्बन्ध श्रीमतीले समेत थाहा पाएपछि घर झगडासमेत हुन थालेको थियो। श्रीमती आर्थिकरूपले कमजोर रहेको र उनीसँगै निर्भर रहेकाले ताराबहादुरले दैनिकजसो हप्काउने, थर्काउने गरेका थिए।



सम्बन्ध स्वीकार गर्न पटक-पटक दबाब दिएपछि ताराबहादुर भदौ २० गते राति २ बजे निर्मलालाई योजनाबद्ध ढंगले हत्या गर्न घरबाट खुकुरी लिएर गएको बयानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरीहर नाथ योगीले बताए।

खुकुरी लिएर निर्मलाको पसलमा पुगेका ताराबहादुरले विगतमाझैं ढोका खोल्नुपूर्व गरिँदै आएको संकेतअनुसार दुई पटक ढोका ढक-ढक पारेपछि उनले ढोका खोलेकी थिइन्। त्यसपछि उनीहरूबीच विवाद भएको र ताराबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको एसपी योगीले बताए। खुकरी प्रहारलगत्तै बचाउ भन्न थालेपछि बाँसको टाटीमाथि सुतेका छोरा बिउँझिएका थिए। छोरो बिउँझिएपछि घटना बाहिर आउने डरले छोराको पनि हत्या गरेको बयानमा स्वीकारेका थिए।

बयानमा ताराबहादुरले निर्मलाले पसल सञ्चालन गरेदेखि नै नियमितरूपमा आफू जाने, खाजा खाने गरेको र त्यतिकैमा शारीरिक सम्पर्कसम्मको सम्बन्ध स्थापित भएको बताएका छन्। हत्यालगत्तै घरको पछाडिबाट भागेको र नजिकै रहेको सोरुङ्ग खोलामा नुहाएर घर पुगेको बयानमा खुलेको छ। अनुसन्धान खटिएका डीएसपी राजन चापागाईले भने, ‘उक्त दिन ठूलो पानी परेका कारण रगताम्मे उनको शरीर पखालिएको थियो। नुहाएपछि झन् सबै रगत गएको थियो।'

पक्राउपछि बयानका क्रममा आरोपित थापाले मोबाइल, हतियार र कपडा राखेको सबै स्थान भनेपछि प्रहरीले बिहीबार सम्बन्धित ठाउँमा गएर उक्त दशीप्रमाण ल्याएको छ। एसपी योगीले प्रारम्भिक बयानमात्र सकिएकाले घटनाको थुप्रै अनुसन्धानको पाटो बाँकी रहेको बताए।

उनले भने, ‘हामी प्रारम्भमा छौं। यसको विस्तृत विवरण आउन समय लाग्छ। त्यसैले अहिले अदालतबाट पहिलो चरणमा सात दिनको म्याद लिई अनुसन्धान सुरु गरेका छौं।' उनले घटनाका प्रमाणलाई नष्ट हुन नदिन र थप प्रमाण पुष्टि गर्न ल्याब टेष्ट, फरेन्सिकलगायतका प्रविधिबाट गरिने परीक्षणका लागि प्रयोगशालामा पठाएको बताए। आरोपितलाई कर्तव्य जानसम्बन्धी कसूरअन्तर्गतको मुद्दामा अदालतबाट म्याद लिएको बताए।

यसरी परेका थिए पक्राउ
घटनाको १३ दिनपछि मात्र आरोपित ताराबहादुर पक्राउ गर्न प्रहरी सफल भएको हो। डीएसपी चापागाईले भने, ‘घटनाको आरोपित यहीँ मान्छे हो भन्ने हामी नजिक पुगेका थियौं। तर, उनी हरेक गतिविधिमा संलग्न रहेकाले तत्काल पहिचान गर्न गाह्रो भयो।'

‘दाहसंस्कार, पोष्टमार्टम, शव उठ्नुअघि सबै ठाउँमा आरोपित त्यहीँ भीडमा थिए,' उनले भने, ‘सामान्यतः उनीसँगै भएकाले शंका गर्ने ठाउँ रहेन्। तर, हामीले शंका गरिरहेका थियौं। प्रायः सबै जना पसलभित्र प्रवेश गरेर शव हेरे, उनी बाहिरमात्र बसे। त्यसपछि हामीले शंका गर्‍यौं। त्यसलाई निरन्तरता दिँदैगर्दा उनी अलि टाढा भएजस्तो व्यवहार देखाउँथे।'

स्थानीयले केही जानकारी पाए पनि प्रहरीलाई सूचना नदिँदा ढिला हुन गएको उनले बताए। पोष्टमार्टम गर्न पुग्दा प्रहरीले गुगुलबाट मोबाइलको लोकेशन पत्ता लगाउँछ भन्ने कुरा हल्ला भएको आरोपितले सुनेपछि मृतकको मोबाइल फर्किनेक्रममा सोरुङ्ग खोला नजिक फालिदिएको बयानका क्रममा खुलेको छ।

वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी निर्मला छोरा आरुस थापाको भदौ २० गते विहान करिब ६:३० बजे पसलभित्रै शव भेटिएको थियो। समयमा नै पसल बन्द गरेर राति सुतेका उनीहरू विहान मृत फेला परेपछि घटना रहस्यमय बनेको थियो। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा पुगेको थियो। स्थानीय दीपक राउतका अनुसार पसलको भित्रि भागमा एउटा खाट राखेर आमा र छोरा सुत्ने गर्दथे।

श्रीमान अशोक थापा ३ वर्षअघि गाउँकै राई थरकी एक महिलासँग दोस्रो विहे गरेर भारतको राजस्थान पलायन भएका कारण निर्मला गाउँमै सामान्य होटल र किराना पसल चलाउँदै छोरासँग बस्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ...
। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारीको रकम दुरुपयोग गरेको प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गल्ती ढाकछोप गर्न लागि परेको दाबी गरेका छन् । महतले लामिछानेले आफ्नो पक्षमा भिड जमा गरेर विभिन्न खालका प्रपोकाण्डा बनाउन खोजेको बताउँदै त्यो सफल नहुने बताएका हुन् । शुक्रबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ...
। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएसँगै प्रहरीले रवि लामिछाने विरुद्ध पूरक अभियोग लैजाने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार सांसद् सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई कानून बमोजिम कारबाही गर्न गरेको सिफारिसका आधारमा पुरक अभियोग लैजाने तयारी ...
। नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिन तीन वटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो । आयोजनामा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्षबीच सहमती भएको हो । भौतकमन्त्री देवेन्द्र दाहालले बोलाएको ...
: उत्तर चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाका क्षेत्रमा बिहीबारदेखि बिजुली बलेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङ र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त पहलमा नेपाल विद्युत प्राधिकरणले कोरला नाकामा विद्युत लाइन विस्तार गरेको हो। यसअघि नेपाल विद्युत प्राधिकरणले विद्युत पोल विस्तार गरेको थियो। उपल्लो मुस्ताङीलाई कोरला नाका खुला गरिएपछि त्यहाँ नेपाल विद्युत प्राधिकरणले ...