मुख्य समाचार
भारतविरुद्ध बंगलादेश टेस्ट : रोहित र विराट असफल, एकै दिनमा १७ विकेटको पतन
भारतविरुद्ध बंगलादेश टेस्ट : रोहित र विराट असफल, एकै दिनमा १७ विकेटको पतन

। भारतका दुई प्रमुख ब्याटर रोहित शर्मा र विराट कोहली बंगलादेशविरुद्ध पहिलो टेस्ट खेलमा रन बनाउन असफल बनेका छन् ।

दोस्रो दिनको खेल सकिँदा घरेलु टोली भारत दोस्रो इनिङमा ८१–३ को अवस्थामा छ । पहिलो इनिङमै २२७ रनले अघि भएको भारतले समग्रमा ३०८ रनको अग्रता लिएकोछ ।




पहिलो इनिङमा ६ रनमा आउट भएका कप्तान रोहित शर्माको ब्याट दोस्रो इनिङमा पनि चलेन । उनलाई दोस्रो इनिङमा तीव्र गतिका बलर तस्किन अहमदले थर्ड स्लिपमा आउट साइड एज लगाउदै जकिर हसनबाट ५ रनमा क्याच गराए ।

विराट कोहली पहिलो इनिङमा ६ रनमा आउट भएका थिए । दोस्रो इनिङमा कोहलीलाई स्पिनर मेहेदी हसन मिराजले १७ रनमा एलबीडब्लू आउट गरे । भारतका शुभमन गिल ३३ र ऋषभ पन्त १२ रनमा नटआउट छन् । ओपनर यशस्वी जैसवाल १० रनमा आउट हुन पुगे ।




बंगलादेश पहिलो इनिङमा आज नै १४९ रनमा अल आउट भयो । बंगलादेशका सकिब अल हसनले ३२, मेहेदी हसन मिराजले २७, नाज्मुल हसन सान्टोले २० र लिटन दासले २२ बनाए । भारतका जस्प्रित बुमराहले ४, मोहम्मद शिराज, आकाश दीप र रविन्द्र जडेजाले २–२ विकेट लिए ।

चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ३७६ रनमा अल आउट भएको थियो । रविन्द्रन आश्विन १३३ बलमा ११ चौका र २ छक्कासहित ११३ रनमा आउट भए । रविन्द्र जडेजा १२४ बलमा १० चौका र २ छक्कासहित ८६ रनमा आउट भए ।

एक समय १४४–६ को अवस्थामा पुगेको भारतलाई आश्विन र जडेजाले सातौं विकेटका लागि २४० बलमा १९९ रनको साझेदारी गरेका थिए । दोस्रो दिन सुरुवात मै जडेजा तस्किनको बलमा विकेटकिपर लिटन दासबाट क्याच भएपछि शतक बनाउन चुकेका थिए । बंगलादेशका हसन महमुदले ५ र तस्किन अहमदले ३ विकेट लिए ।

भारतले दोस्रो दिन आज पहिलो इनिङ ८० ओभरमा ३३९–६ को अवस्थाबाट सुरुवात गरेको थियो । भारतको आज पहिलो इनिङमा ४ र दोस्रोमा ३ विकेट गुमेकोछ । बंगलादेशले भने पहिलो इनिङमा अल आउट हुँदै १० विकेट गुमायो । त्यसैले आज भारतको ७ र बंगलादेशको १० गरी एक दिनमा मात्रै १७ विकेट गुम्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित