मुख्य समाचार
अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ
अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ

। अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ भएको छ । उनकी पत्नी अनु थिङले शुक्रबार बिहान ९ बजे नर्भिक अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

३ किलो तौलका शिशु स्वस्थ रहेको बुद्धिले बताए । अनुलाई अस्पतालको आइसीयूमै राखिएको छ । पहिलो सन्तान लाभ भएकोमा बुद्धिले अनलाइनखबरसँग खुसी व्यक्त गरे ।


बुद्धि र अनुले २ वर्षअघि विवाह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अष्ट्रेलियाली पूर्वक्रिकेटर तथा चर्चित ब्याट्सम्यान डेभिड वार्नर फिल्म क्षेत्रमा देखिने भएका छन् । वार्नरले भारतको तेलुगु फिल्म निर्देशक भेन्की कुदुमुलाको आगामी एक्सन ड्रामा ‘रोबिन हुड’बाट डेब्यु गर्दैछन् । वार्नरले सोसल मिडिया प्लाटफर्म एक्समा पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । जसमा उनले फिल्ममा काम गर्न निकै उत्साहित रहेको बताएका छन् । यो फिल्मलाई मैत्री मूभि ...
— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह सोमबार लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भएका छन् । यसै क्रममा फिल्म 'अनोरा'ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन र उत्कृष्ट मौलिक पटकथा गरी ५ विधामा ओस्कर अवार्ड हात पारेको छ । मिकी मेडिसनले फिल्म ...
— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भइरहेका छन् । वाल्टर सेलिजको फिल्म 'आई एम स्टिल हेयर'ले बेस्ट इन्टरनेसनल फिचर फिल्मको अवार्ड पाएको छ । उत्कृष्ट सिनेमाटोग्राफी फिल्म 'द ब्रुटलिस्ट' का लागि लोल क्रलीले पाएका छन् । लाइभ एक्सन सर्ट ...
— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भइरहेका छन् । यसैक्रममा उत्कृष्ट मेकअप र हेयर स्टाइलिङको ओस्कर अवार्ड कोरली फारगेटको फिल्म 'द सब्सटेन्स'ले पाएको छ । उत्कृष्ट साउन्ड र भिजुअल इफेक्ट्स गरी दुई विधाको ओस्कर अवार्ड फिल्म 'डुन: पार्ट ...
— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्महरु घोषणा भइरहेका छन् । अभिनेता कीरन कल्किनले फिल्म 'अ रियल पेन' फिल्मबाट उत्कृष्ट सहअभिनेताको पुरस्कार उचालेका छन् भने अभिनेत्री जो साल्डानाले फिल्म 'इमिलिया पेरेज'बाट उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार उचालेकी छन् । उत्कृष्ट फिल्म सम्पादनको अवार्ड फिल्म ...