मुख्य समाचार
रियल मड्रिडको सहज जित
रियल मड्रिडको सहज जित

। रियल मड्रिडले स्पानिस ला लिगामा स्पानयोलमाथि ४-१ को सहज जित हात पारेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आत्मघाती गोलबाट रियल सुरुमा पछि परेपनि रियलले पुनरागमन गर्दै जित निकालेको हो ।




रियलको मैदानमा भएको खेलको ५४औं मिनेटमा गोलकिपर थिबाउट कोर्तवाले आत्मघाती गोल गरेपछि स्पानयोलले अग्रता लिएको थियो । तर, त्यो अग्रता लामो समय टिकेन । ५८औं मिनेटमा रियलका लागि डानी कार्भाजलले बराबरी गोल फर्काए ।

७५औं रोड्रिगो र ७८औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेपछि रियलले ३-१ को अग्तरा बनायो । त्यसपछि केलिएन एमबाप्पेले ९०औं मिनेटमा पेनाल्टीबाट गोल थपेका थिए ।




जितपछि ६ खेलबाट १४ अंक जोडेर रियल अंकतालिकामा दोस्रो स्थानमा छ । रियलले ४ खेल जित्दा २ खेल बराबरी खेलेको छ ।

रियल एक खेल कम खेलेको बार्सिलोनाभन्दा १ अंकले पछि छ । ५ खेल खेलेको बार्सिलोना शतप्रतिशत जितसहित १५ अंक जोडेर शीर्ष स्थानमा आसिन छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित