। निकोलस ज्याक्सनको दुई गोलसँगै चेल्सीले इंग्लिस प्रिमियर लिगमा वेष्टह्याममाथि सहज जित हात पारेको छ ।
शनिबार भएको खेलमा चेल्सीले वेष्टह्यामलाई ३–० गोल अन्तरले हराएको हो । लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले चौथो मिनेटमा नै ज्याक्सनको गोलबाट अग्रता लिएको थियो ।
खेलको १८औं मिनेटमा मोइसेस कारेडोले चेल्सीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुमा नै ज्याक्सनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई अझ सहज बनाए ।
जितसँगै चेल्सी ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने चार अंक जोडेको वेष्टह्याम चौधौं स्थानमा छ ।