मुख्य समाचार
एनपीएलमा खेलाडी दर्ता खुला
एनपीएलमा खेलाडी दर्ता खुला

: नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडीको दर्ता खुला गरिएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले शनिबार विज्ञप्ति जारी गर्दै एनपीएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीलाई नाम दर्ता गर्न आह्वान गरेको हो। एनपीएलको पहिलो संस्करणका लागि हुने अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीका लागि खेलाडी दर्ता प्रक्रिया खुला गरिएको हो। खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा विभाजन गरिने भएकाले खेलाडीले कुनै पनि श्रेणीमा नाम दर्ता गराउन सक्ने क्यानले जनाएको छ।




खेलाडी दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ। खेलाडीले असोज १२ गतेसम्म नाम दर्ता गरिसक्नु पर्नेछ। क्यानका अनुसार एनपीएलको अक्सन दसैं अघि नै हुनेछ।

नेपाली खेलाडी अक्सनबाट छनोट गरेपछि विदेशी खेलाडी भने सहभागी टोलीले सिधै अनुबन्धन गर्न पाउने छन्। एनपीएलमा सहभागी आठ टोली र मार्की खेलाडी भने छनोट भइसकेका छन्। गोलाप्रथाबाट काठमाडौंमा करण केसी, पोखरामा कुशल भुर्तेल, विराटनगरमा सन्दीप लामिछाने, चितवनमा कुशल मल्ल, लुम्बिनीमा रोहित पौडेल, जनकपुरमा आसिफ शेख, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी बनेका छन्। क्यानले एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा सञ्चालन गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित