मुख्य समाचार
समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्छौं : मन्त्री सुडी
समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्छौं : मन्त्री सुडी

: महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्ने बताए। ४५औँ सामाजिक सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सुडीले समाजकल्याणको ऐन परिमार्जन गर्दै एकद्वार नीतिअनुसार अगाडि बढाउन सरकार लाग्ने बताएका हुन्।




उनले सामाजिक संघसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी बनाउनुपर्ने बताए। समाजसेवीप्रति समाजको मर्यादा र प्रतिष्ठा विकसित हुन सकोस्,पछि परेका वर्गको हित,पछि परेको समुदायको कल्याणमा समाजसेवीको ध्यान जान दिन समेत उनले निर्देशन दिए। समाजकल्याण परिषद्बाट हुने अनुगमन र मूल्याङ्कनलाई अझ वैज्ञानिक र प्रभावकारी बनाइने उनले बताए।

‘सुशासन र समृद्ध नेपाल, राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास, संघसंस्थाको रोजाइ’ भन्ने नाराका साथ समाज कल्याण परिषद‍्ले सामाजिक सेवा दिवस मनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायलले इरानको राजधानी तेरहानमा भीषण हमला गरेको छ। सोमबार बिहान तेहरानको आकाशमा कालो धुवाँको मुस्लो निस्किएको देखिएको छ । सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरू र इरानी सरकारी सञ्चार माध्यमका अनुसार राजधानीमा ठूला विष्फोटका आवाजहरू सुनिएका छन्। विष्फोटका घटनाहरू मध्ये एउटा ठूलो आगलागी मध्य तेहरानमा देखिएको थियो भने अर्को सहरको पश्चिमी भागमा देखिएको थियो। विष्फोटको समय इजरायली ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको तटमा रहेको विवादास्पद तेल पाइपलाइन पुनः सञ्चालन गर्न आफ्नो विशेष कार्यकारी अधिकार प्रयोग गरेका छन्। राज्य सरकारको कडा विरोधका बाबजुद क्यालिफोर्नियाका बन्द रहेका तेल खानीहरूलाई ब्युँताउने पाँच-वर्षीय योजनाअन्तर्गत यो कदम चालिएको हो। शुक्रबार राष्ट्रपति ट्रम्पले 'डिफेन्स प्रोडक्सन एक्ट' (रक्षा उत्पादन ऐन) लागू गर्ने आदेशमा हस्ताक्षर गरेलगत्तै ऊर्जा मन्त्री क्रिस राइटले ...
: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरू क्रमिक रूपमा पुनः सुचारु भएका छन्। गएराति विमानस्थल नजिकै ड्रोन आक्रमण भएपछि इन्धन ट्याङ्कीमा आगो लाग्दा अस्थायी रूपमा उडानहरु स्थगित गरिएका थिए । सोही उडानहरू अहिले केही निश्चित गन्तव्यका लागि खुला गरिएको दुबई नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार विमानस्थलको एक इन्धन ट्याङ्कीमा आगो लागेपछि सुरक्षा सावधानीका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटको सुरक्षाका लागि युद्धपोत पठाउन गरेको आग्रहलाई चीनले कूटनीतिक रूपमा पन्छाएको छ। ट्रम्पले सार्वजनिक रूपमै सैन्य सहयोग मागेको केही घण्टाभित्रै प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयले मध्यपूर्वको तनावप्रति चिन्ता व्यक्त गरेको छ, तर युद्धपोत पठाउने विषयमा भने कुनै ठोस प्रतिवद्धता जनाएको छैन। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले वर्तमान स्थितिलाई 'अत्यन्तै ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानलाई पछि पार्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ताका लागि तत्काल इच्छुक नभएको बताएका छन्। अराघचीले सीबीएसको ‘फेस द नेशन’ लाई दिएको आइतबार प्रसारित एक अन्तर्वार्तामा भने, ‘हामीले अमेरिकीहरूसँग कुरा गर्नुपर्ने कुनै कारण देख्दैनौं, किनकि हामीले उनीहरूसँग कुरा गरिरहेका समय उनीहरूले हामीलाई आक्रमण गर्ने निर्णय गरेका थिए । अहिले हामी ...