: राजधानीमा जारी एन्फा महिला लिगमा बागमती युथ क्लबले कठिन जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई बागमती युथ क्लबले १–० गोल अन्तरले पराजित गरेको हो। बागमतीको जितमा एकमात्र गोल खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा गिफ्टी अचुङपोङले गरिन्। जितसँगै बागमती सात खेलबाट सात अंकसहित तालिकाको सातौँ स्थानमा छ।
कर्णाली समान खेलबाट चार अंकका साथ नवौं स्थानमा छ। अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।