मुख्य समाचार
साउथ स्टार प्रकाश राजले काठमाडौंमा थाले ‘ज्याक’को छायांकन
साउथ स्टार प्रकाश राजले काठमाडौंमा थाले ‘ज्याक’को छायांकन

। दक्षिण भारतीय अभिनेता प्रकाश राजले आइतबारदेखि नेपालमा आगामी तेलुगु फिल्म ‘ज्याक’को छायांकन थालेका छन् । छायांकन एक साता चलेपनि उनी भने आइतबारबाट मात्रै जोडिएका हुन् ।

छायांकन सेटबाट प्राप्त तस्वीरमा प्रकाशलाई देख्न सकिन्छ । बोमारिल्लु भास्करले निर्देशन गरिरहेको यो फिल्मको आइतबार प्रकाश राज र अर्का अभिनेता रविप्रकाशको दृश्यको छायांकन गरिएको छ ।


अबको १० दिनसम्म प्रकाशले काठमाडौंका उपत्यकाका विभिन्न स्थानमा हुने छायांकनमा सहभागी हुनेछन् । उनीसहित साउथ इण्डियाबाट आएका १५ भन्दा बढी कलाकार यसमा छन् । केही नेपाली सहायक कलाकारले पनि काम गरिरहेका छन् ।

प्रकाश राजले आइतबारदेखि छायांकन थालेको फिल्मको निर्माण नियन्त्रक पुष्कर लामाले अनलाइनखबरलाई बताए । तेलुगु फिल्म ‘टिल्लु स्क्वायर’बाट उनी चर्चामा छन् । वैष्णवी चैतन्य अभिनेत्रीको रुपमा छिन् । वेंकटेश्वर सिने चित्रले फिल्म निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ। नदी, साहस र पर्यटनको संगम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। नेपाल ...
। बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो । विवरणअनुसार, खानको कुल सम्पत्ति करिब १.३ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । यो सूची मार्च ५ मा सार्वजनिक गरिएको हो र सम्पत्तिको गणना भने जनवरी १५ सम्मको तथ्यांकका आधारमा गरिएको ...
— चलचित्र विकास बोर्डले कान्स फिल्म फेस्टिभलको ७९ औं संस्करणमा सहभागिता जनाउने भएको छ । पर्यटन बोर्डसँगको सहकार्यमा फेस्टिभलमा नेपालको एक स्टल (बुथ) पनि राखिने बोर्डले जानकारी दिएको हो । नेपालको चलचित्र क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपाली चलचित्र र चलचित्रकर्मीहरूलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यका साथ बोर्डले नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउन लागेको बोर्ड अध्यक्ष ...
। लामो समयदेखि योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो । बोर्डका अनुसार स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३० वर्ष ...
। अन्तर्राष्ट्रिय फिल्म ‘द ब्लफ’ मा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा गरिएको छ । यो सम्मान पाएकोमा खुशी व्यक्त गर्दै प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रशंसक र अनुयायीसँग खबर साझा गरेकी छन् । पोस्टमा छोटकरीमा ‘२०२६ एकेडेमी अवार्ड्स’ भनेर क्याप्सन लेखेकी छन् । खबर सार्वजनिक भएपछि उनका प्रशंसक, ...