मुख्य समाचार
भारतले पहिलो टेस्ट खेलमा बंगलादेशमाथि २८० रनको सानदार जित
भारतले पहिलो टेस्ट खेलमा बंगलादेशमाथि २८० रनको सानदार जित

। भारतले पहिलो टेस्ट खेलमा बंगलादेशमाथि २८० रनको सानदार जित हात पारेकोछ । यो जितसँगै दुई खेलको सिरिजमा भारत १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट शुक्रबारदेखि कानपुरमा सुरु हुनेछ ।

५१५ रनको लक्ष्य पछ्याएको बंगलादेश २३४ रनमा अल आउट भयो । बंगलादेशले चौथो दिन १९४-४ को अवस्थाबाट दोस्रो इनिङलाई निरन्तरता दिएको थियो । ४० रन जोड्न ६ विकेट गुमाउँदै फराकिलो अन्तरले हार्न पुग्यो ।




बंगलादेशका कप्तान नाज्मुल हसन सान्टोले १२७ बलमा ८ चौका र ३ छक्कासहित ८२, शादमान इस्लाम ३५, जकिर हसन ३३ र सकिब अल हसन २५ रन बनाए । भारतका रवीचन्द्रन आश्विनले ६ र रविन्द्र जडेजाले ३ विकेट लिए ।

भारतले दोस्रो इनिङ २८७-४ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । शुभमन गिलले १७६ बलमा १० चौका र ४ छक्कासहित ११९ रनको अविजित इनिङ खेले । ऋषभ पन्तले १२८ बलमा १३ चौका र ४ छक्कासहित १०९ रनमा आउट भए ।




यशस्वी जैसवाल १०, रोहित शर्मा ५ र विराट कोहली १७ रनमा आउट भए । बंगलादेशका मेहेदी हसन मिराजले २ र तस्किन अहमद र नहिद रानाले १-१ विकेट लिए ।

बंगलादेश पहिलो इनिङमा १४९ रनमा अल आउट हुँदै २२७ रनले पछि परेको थियो । बंगलादेशका सकिबले सर्वाधिक ३२ रन जोडे । भारतका जस्प्रित बुमराह ४, मोहम्मद शिराज, आकाश दीप र रवीन्द्र जडेजाले २-२ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा ३७६ रनमा अलआउट भएको थियो । रवीचन्द्रन आश्विनले ११३ र रवीन्द्र जडेजाले ८६ रनको इनिङ खेले । बंगलादेशका हसन मोहम्मद ५ र तस्किन अहमदले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित