मुख्य समाचार
ब्याटिङमा नेपालको बिजोग किन ?
ब्याटिङमा नेपालको बिजोग किन ?

। डेढवर्ष अघि मोन्टी देशाइको प्रशिक्षणमा चार हप्ता ट्रेनिङपछि नेपालले घरेलु मैदान त्रिविमा स्कटल्यान्ड र नामिबियासँग लिग–२ मा सनसनीपूर्ण ब्याटिङ गर्‍यो ।

सन् २०२३ फेब्रुअरी १४ मा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालले ओडीआईमा पूरा गरेको त्यो सर्वाधिक ठूलो योगफल थियो ।


अर्को खेलमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । त्यसपछि नामिबियाविरुद्ध २७५ र स्कटल्यान्डविरुद्ध २१३ रनको लक्ष्य पूरा गर्दै मोन्टीको आगमनले ब्याटिङ सुधारिएको आभास दिलायो ।


युएईमा टूरमा पहिलो खेल हारेपनि बाँकी तीन खेल जित्यो । ब्याटिङ घरेलु मैदानमा जस्तो त थिएन, तर जितसँगै सबै कमजोरी छोपियो ।

त्यसपछि घरेलु मैदानमा लिग टूको अन्तिम चार वटै खेल जित्यो । अन्तिम १२ मध्ये ११ खेल जित्दै नेपालले ओडीआई मान्यता मात्र जोगाएन, सोझै विश्वकप छनोटमा स्थान बनायो ।

अप्रिलमा घरेलु मैदानमै भएको एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा पुग्यो । समूह चरणमा त नेपालले ओमानविरुद्ध ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनाएको थियो । जुन, एकदिवसीय क्रिकेटमा नेपालको हालसम्मकै सबभन्दा ठूलो स्कोर हो ।

अक्टोबरमा घरेलु मैदानमा भएको आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा सेमिफाइनलमा युएईलाई हराउँदै १० वर्षपछि टी–२० विश्वकपमा पुग्न सफल भयो ।

८ महिनाको अन्तरमा पाएको एकपछि अर्को सफलता पाएको नेपाल अहिले ठीक विपरीत अवस्थामा छ ।

लिग टूको नयाँ संस्करण (२०२४–०२६) को सुरुवाति ७ खेलमा ६ वटा हार व्यहारेको छ । घरेलु मैदानमा गत फेब्रुअरीमा नामिबियासँग दुबै र नेदरल्यान्ड्ससँग एक खेल हारेको थियो । अहिले क्यानडा टूरमा पनि खराब प्रदर्शन कायमै छ ।

नेपालले क्यानडामा खेलेको सुरुवाती तीनै खेल हारेको छ । पहिलो खेलमा क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल १५० रनमा अल आउट भएको थियो ।

तल्लोक्रममा सन्दीप लामिछाने २२, गुलशन झा १५ र करण केसीले २७ रन बनाएपछि १०० रन कटेको थियो ।

त्यो खेलमा प्रमुख ब्याटर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२ र दीपेन्द्रसिंह ऐरी ८ रनमा आउट भएका थिए ।

दोस्रो खेलमा ओमानविरुद्ध अर्जुन ५, आसिफ र भीम ११–११ रनमा आउट भएपनि रोहित पोडेल ६०, आरिफ शेख ३५ र गुल्शन झाले ५३ रन बनाएपछि नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो । तर १ विकेटले हार्न पुग्यो ।



आइतबार राति क्यानडासँग १८१ रनमा अल आउट हुँदै ५ विकेटले पराजित भयो । अर्जुन १०, आसिफ २, भीम र रोहित ४–४ तथा आरिफ १० र अनिल साहले १ रन बनाएका थिए ।

नेपालका शीर्ष ६ ब्याटरले कुल ३१ रन बनाउँदा स्पिनर सन्दीपले एक्लैले ४९ रन बनाएका थिए । नेपालका शीर्ष चार ब्याटरको भन्दा बढी क्यानडाले अतिरिक्त २२ रन दिएको थियो ।

ब्याटरको क्षमता अभिवृद्धिका लागि काम गर्न नसक्दा यो अवस्था आएको बताउँछन् पूर्वप्रमुख छनोटकर्ता दीपेन्द्र चौधरी । ‘हामीले पछिल्लो समय पाएको सफलतासँगै अर्को स्तरमा पुग्ने तयारीमा कहिल्यै काम गरेनौं’, उनले भने, ‘एक समय हाम्रो ब्याटर, जसले पनि आएर रन बनाए । तर उनीहरुको स्किलमा काम गरेनौं ।’

हुन पनि नेपाली क्रिकेटले ब्याटिङमा संघर्ष गर्दै आएको थियो । पछिल्लो समय लिग टूको अन्तिम १२ मध्ये ११ खेल जित्दा त्यही ब्याटिङ नेपालको स्ट्रेन्थ जस्तो देखियो ।

चौधरी भन्छन्, ‘नेपाली ब्याटर सफल हुँदा दुनियाको ध्यान केन्द्रित भयो । अनि नेपालको कमजोरी पहिल्याएर खेल्न थाले । तर हामीले स्किल सुधार्न काम गरेनौं ।’

जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकपको छनोटमा विपक्षी टोलीका बलरहरुले सर्ट र बाउन्सरमा नेपाली ब्याटरहरुको कमजोरी उदाङ्गो पारिदिए । त्यसपछि नेपालले सर्ट बलमा ध्यान दियो । त्यसको धेरथोर प्रभाव एसिया कपमा देखिएको थियो ।

तर ब्याटरहरुको क्षमता विकास, खासगरी सटहरुको भेरिएसनमा काम गर्न गरेन । नेपाली अधिकांश ब्याटरको एकै किसिमको सट हुन्छ, एउटै जसो क्षेत्रमा रन जोड्न खोन्छन् ।

अहिले नेपाली टोलीका सदस्यहरुमध्ये कप्तान रोहित तुलनात्मक रुपमा आफ्ना सटहरुमा भेरिएसन ल्याउँछन् । ओपनर कुशल भुर्तेल अफस्टम्प केन्द्रित लेन्थ बलमा निरन्तर आउट हुने गरेका छन् । कुशल मल्ल र गुल्शनले लङअन र अङअफमा बढी सट खेल्छन् । आरिफ र भीम स्पीनरमा कट सट बढी खेल्छ । तर फास्ट बलरले बाउन्सर हाल्दा उनीहरु सजिलै फस्ने गर्छन् ।



त्यसमाथि २०२३ को सुरुवातदेखि नेपालले प्लेइङ ११ मा ओडीआई र टी–२० आईमा लगभग एकै खेलाडी खेलाउँदै आएको छ । जसको सबल र दुर्बल पक्ष विपक्षीले पत्ता लगाइसके । घरेलु क्रिकेटको संरचना बलिया बनाएको भए, नेपाल ११ लाई नियमित म्याच एक्पोजर दिएर ब्याकअप तयार पारेको भए टोलीमा सरप्राइज प्याकेजका रुपमा नयाँ ब्याटर आउनसक्थे ।

तर घरेलु संरचना छैन बराबर छ । बल्लबल्ल बनेको नेपाल ११ का सदस्यहरुले खेल्नै पाएका छैनन् । अनि, राष्ट्रिय टिममा भएका ब्याटरहरुको क्षमता अभिबृद्धिका लागि बाह्य प्रशिक्षण छैन । पूर्वप्रमुख छनोटकर्ता चौधरी भन्छन्, ‘नेपाल टिम त अभ्यास खेलमा गएको छ, तर यसले मात्र पुग्दैन । अब हामीले ४/५ जना मुख्य ब्याटरहरुलाई फरक फरक देशमा लगेर ट्रेनिङ गराउनुपर्छ ।’

तयारी नै फरक कन्डिसनमा

गत जुनमा आईसीसी टी–२० विश्वकप खेलेपछि दुई महिना नेपाली क्रिकेट खाली रह्यो । क्यानडा जानु अघि नेपालले भारतको नेशनल क्रिकेट एकेडेमी (एनसिएल) मा दुई हप्ता र श्रीलंकामा गएर एक हप्ता अभ्यास गरेको थियो । क्यानडाको कन्डिसन र नेपालले अभ्यास गरेको फरक थियो ।

जुलाई अगष्टमा ग्लोबल टी–२० क्यानडा रोहित, दीपेन्द्र र सन्दीप गएका थिए । त्यसपछि सन्दीप फर्किदा दीपेन्द्र र रोहित उतै बसेर अभ्यास गरेका थिए । रोहित पहिलो खेलमा ५, दोस्रोमा ६० र तेस्रोमा ४ रनमा आउट भए ।

सन्दीपले २२, ११ र ४९ रन बनाए । दीपेन्द्र पहिलो खेलमा ८ रनमा आउट भएपछि टोली बाहिर गर्‍यो ।

क्रिकेट विश्लेषक रवि तिमिल्सिना टीयु र मुलपानीभन्दा बाहिर जानसक्नुपर्ने बताउँछन् । ‘हामी पीएम कपमा भैरहवामा गएर खेल्दा पनि खत्तम नै गरेका थियौं’, उनले भने, ‘जुन कन्डिसनमा खेल्ने हो, त्यसैमा निरन्तर अभ्यास गरे ब्याटिङ राम्रो हुन्छ । यो पटक हाम्रो तयारी त्यसअनुसार हुन सकेन ।’

कमजोर ब्याटिङमा खेलाडीहरु पनि त्यतिकै जिम्मेवार छन् । विशेषगरी गैरजिम्मेवार सट छनोट गर्नुका साथै धैर्यताको कमी देखिएको क्रिकेट विश्लेषक तिमिल्सिना बताउँछन् ।

जबकी मूख्य प्रशिक्षक मोन्टी आफैं ब्याटिङ प्रशिक्षक हुन् । उनी नेपाल आउनुअघि वेस्टइण्डिजको ब्याटिङ प्रशिक्षकका रुपमा तीन वर्ष काम गरेका थिए । गत अक्टोबरदेखि जुनसम्म भारतीय नन्दन फड्निसले पनि ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेका थिए । तरपनि नेपालको ब्याटिङमा पुरानै समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम