मुख्य समाचार
सुदूरपश्चिमको पोष्टमा एपीएफको १९ गोल, तीन खेलाडीको ह्याट्रिक
सुदूरपश्चिमको पोष्टमा एपीएफको १९ गोल, तीन खेलाडीको ह्याट्रिक

। विभागीय टोली एपीएफले एन्फा महिला लिगमा सुदूरपश्चिम विरुद्ध गोलको वर्षा गरेको छ ।

तीन खेलाडीले ह्याट्रिक गरेपछि एपीएफले सुदूरपश्चिम प्रदेशलाई सोमबार १९-० को फराकिलो अन्तरले पराजित गरेको हो ।




जारी लिगमा यो एकै खेलमा सबैभन्दा धेरे गोल भएको हो । यसअघि अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सुदूरपश्चिमलाई नै १४-१ ले पराजित गरेको थियो ।

एपीएफको जितमा रश्मीकुमारी घिसिङ र अनिता केसीले समान चार गोल गर्दा प्रीति राईले ह्याट्रिक गरिन् ।




यसेगरी कुसुम खतिवडा र सविता रानामगरले २-२ गोल गर्दा सरु लिम्बु र रेनुका हमालले समान एक गोल गरिन् ।

सुदूरपश्चिमले दुई आत्मघाती गोल गरेको थियो ।

एपीएफले पहिलो हाफमे ११ गोल गर्दा दोस्रो हाफमा ८ गोल थपेको थियो । एपीएफका रश्मीकुमारीले आठौं, ४१औं, ४६औं र ७३औं मिनेटमा गोल गरिन् । यस्तै अता केसीले १३औं र पहिलो हाफको इन्जुरी टाइममा दुई गोल गरिन् । उनले व्यक्तिगत चौथो गोल ६२औं मिनेटमा गरिन् । यस्तै प्रीतिले पहिलो हाफको इन्जुरी टाइम, ६४औं र ६६औं मिनेटमा गोल गरिन् ।

सविताले ३०औं र ४४औं तथा कुसुमले ८३औं र ८५औं मिनेटमा गोल गरिन् । सरुले ३३औं र रेनुका हमालले ८९औं मिनेटमा गोल गरिन् । सुदूरपश्चिमकी सुमि हाङ्गमा राई र टिकेश्वरी राईले आत्मघाती गोल गरे ।

लिगमा एपीएको यो सातौं जित हो । पहिलो चरणको ९ मध्ये ८ खेल खेलिसकेको एपीएफले ७ जित र १ बराबरीबाट २२ अंक जोडेर शीर्ष स्थानमा छ । सुदूरपश्चिम भने अहिलेसम्म जितविहिन छ । लगतार आठौं खेल हारेको सुदूरपश्चिम अंकविहिन हुँदै पूछारमा छ । सुदूरप्शिचम अहिलेसम्म एक खेल पनि नजित्ने एक मात्र टिम हो ।

सोमबारै भएको पहिलो खेलमा कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

बराबरीपछि कोशीको ८ खेलबाट ११ अंक भएको छ र शीर्ष पाँचको होडमै छ । बराबरीले धक्का लागेको चन्द्रपुर भने ८ खेलबाट ८ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित