मुख्य समाचार
१५६ फिल्मका ५३७ गीतमा नाचेर साउथ स्टार चिरञ्जीवीले राखे गिनिज रेकर्ड
१५६ फिल्मका ५३७ गीतमा नाचेर साउथ स्टार चिरञ्जीवीले राखे गिनिज रेकर्ड

। भारतीय अभिनेता चिरञ्जीवीको नाम गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ । ४५ वर्षको अभिनय करिअरमा १५६ फिल्मका ५३७ गीतमा डान्स प्रस्तुत गरेबापत उनले यो सम्मान पाएका हुन् । उनलाई अभिनेता आमिर खानले यो अवार्डबाट सम्मान गरेका थिए ।

उक्त अवसरमा आमिरले चिरञ्जीवीको प्रशंसा गर्दै भने, ‘यहाँ आउन पाउनु मेरो लागि खुसी र सम्मानको कुरा हो । चिरञ्जीवी गारुका फ्यान देखेर म खुसी छु । मलाई तपाईंहरुमाझ समावेश गर्नुभएकोमा सबैलाई धन्यवाद दिन्छु । म उनको (चिरञ्जीवी)को ठूलो फ्यान हुँ ।’




चिरञ्जीवीको डान्स मूभ्सको तारिफ गर्दै आमिरले भने, ‘यदि तपाईंले उनको कुनै पनि गीत हेर्नुभयो भने उनको हृदय नृत्यमा डुबेको थाहा पाउनुहुनेछ । उनी यसमा निकै इन्जोय गर्छन् । हामीले उनीबाट नजर हटाउँदैनौं, किनभने उनले निकै राम्रो अभिनय गर्छन् ।’

चिरञ्जीवीले सन् १९७९ मा फिल्म ‘पुनाधिरल्लु’बाट अभिनय करिअर थालेका थिए । यद्यपि, बापूद्वारा निर्देशित ‘मन वुरी पाण्डाभुलु’ उनको पहिलो रिलिज थियो । उनले सन् १९८२ मा रिलिज भएको ‘अन्तलो रामय्या भिडिलो कृष्णय्या’जस्ता हिट फिल्मबाट मुख्य लिड रोलमा काम थालेका थिए ।




सन् १९८३ मा रिलिज भएको फिल्म ‘कैदी’ले चिरञ्जीवीलाई रातारात ठूलो सुपरस्टार बनायो । त्यसबेलादेखि उनलाई मेगास्टार चिरञ्जीवीको नाम दिइएको थियो ।

अभिनयसँगै चिरञ्जीवीले राजनीतिज्ञको रुपमा पनि करिअर थाले । सन् २००८ मा आन्ध्र प्रदेश राज्यको दल प्रजा राज्य पार्टीबाट उनले राजनीति करिअरको थालनी गरे ।

पार्टी स्थापनाका क्रममा उनले सामाजिक न्याय आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको बताएका थिए । सन् २००९ को आम चुनावमा उनको पार्टीले आन्ध्र प्रदेश विधानसभामा २९४ सिटमध्ये १८ जितेको थियो । अहिले भने राजनीतिमा सक्रिय छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ। नदी, साहस र पर्यटनको संगम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। नेपाल ...
। बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो । विवरणअनुसार, खानको कुल सम्पत्ति करिब १.३ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । यो सूची मार्च ५ मा सार्वजनिक गरिएको हो र सम्पत्तिको गणना भने जनवरी १५ सम्मको तथ्यांकका आधारमा गरिएको ...
— चलचित्र विकास बोर्डले कान्स फिल्म फेस्टिभलको ७९ औं संस्करणमा सहभागिता जनाउने भएको छ । पर्यटन बोर्डसँगको सहकार्यमा फेस्टिभलमा नेपालको एक स्टल (बुथ) पनि राखिने बोर्डले जानकारी दिएको हो । नेपालको चलचित्र क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपाली चलचित्र र चलचित्रकर्मीहरूलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यका साथ बोर्डले नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउन लागेको बोर्ड अध्यक्ष ...
। लामो समयदेखि योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो । बोर्डका अनुसार स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३० वर्ष ...
। अन्तर्राष्ट्रिय फिल्म ‘द ब्लफ’ मा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा गरिएको छ । यो सम्मान पाएकोमा खुशी व्यक्त गर्दै प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रशंसक र अनुयायीसँग खबर साझा गरेकी छन् । पोस्टमा छोटकरीमा ‘२०२६ एकेडेमी अवार्ड्स’ भनेर क्याप्सन लेखेकी छन् । खबर सार्वजनिक भएपछि उनका प्रशंसक, ...