मुख्य समाचार
मुम्बईमा कन्सर्ट गर्दै कोल्डप्ले, टिकट खुलाएको केही मिनेटमै बुकिङ सर्भर डाउन
मुम्बईमा कन्सर्ट गर्दै कोल्डप्ले, टिकट खुलाएको केही मिनेटमै बुकिङ सर्भर डाउन

। बेलायती रक ब्याण्ड कोल्डप्लेको भारत टुर यतिबेला विश्वव्यापी चर्चामा छ । उच्च संख्यामा टिकट बिक्री हुँदा ‘बुक माइ शो’को वेबसाइट र एप आइतबार ‘क्र्यास’ भए ।

मुम्बईको डीवाई स्टेडियममा जनवरी १९ र २० मा हुने कन्सर्टको टिकट आइतबार दिउँसो १२ बजेदेखि बिक्री सुरु भएको छ । ३५ सयदेखि ३५ हजार भारुसम्मका डेढ लाख टिकट बिक्रीका लागि राखिएको थियो ।




यी टिकट खरिदका लागि १.३ करोड व्यक्तिले एकैपटक लगइन गर्दा सर्भर नै ठप्प भयो । करिब एक घण्टापछि बुक माइ शो सर्भर फेरि सुरु भयो । त्यसबेला करिब १४ लाख मानिसले टिकट बुकिङका लागि लगइन गरेका थिए ।

यस्तो अवस्थामा प्रयोगकर्तालाई प्रतीक्षाको सूचीमा राखिएको थियो । समाचार एजेन्सी एएनआईले बुक माइ शोको साइटलाई उद्धृत गर्दै दिउँसो १.३९ बजे ८.४३ लाख प्रयोगकर्ता प्रतीक्षामा रहेको जानकारी दिएको छ ।




मिडिया रिपोर्टअनुसार शोका लागि कुल साढे एक लाख टिकट बिक्रीका लागि जारी गरिएको छ । तर आयोजकले टिकटको निश्चित संख्या भने खुलाएको छैन । साइटलाई फेरि क्र्यास हुनबाट जोगाउन बुक माइ शोले प्रयोगकर्तालाई अधिकतम चार टिकट बुक गर्न अनुमति दिएको थियो, जहाँ पहिलेको सीमा आठ टिकट थियो ।

माग बढेपछि कोल्डप्लेले भारतमा आफ्नो कार्यक्रम दुई दिनबाट बढाएर तीन दिन गर्ने घोषणा गरेको छ । कोल्डप्ले ब्यान्डले सन् २०१६ मा मुम्बईमा आयोजित गोल्डेन सिटिजन फेस्टिभलमा प्रस्तुति दिएको थियो । त्यतिबेला ८० हजार व्यक्ति उक्त प्रस्तुतिमा सहभागी भए जसमा धेरै बलिउड सेलिब्रेटी पनि थिए । कोल्डप्लेका गीत भारतमा निकै लोकप्रिय छन् ।

कोल्डप्ले ब्यान्डको स्थापना सन् १९९७ मा लण्डनमा भएको थियो । क्रिस मार्टिन, जोनी बकल्याण्ड, गाय ब्यारीम्यान, विल च्याम्पियन र फिल हार्वे यस ब्यान्डका सदस्य हुन् । कोल्डप्लेले ३९ मनोनयनमा ७ पटक ग्रामी अवार्ड प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेटफ्लिक्सले प्लेटफर्ममा अहिलेसम्म सबैभन्दा धेरै हेरिएको फिल्म ‘के-पप डेमन हन्टर्स’ को सिक्वेल बनाउने घोषणा गरेको छ । यस सिक्वेल कहिले रिलिज हुनेछ भन्ने मिति भने अझै तय गरिएको छैन । सह-निर्देशक म्यागी काङ र क्रिस एपेलहन्सले नेटफ्लिक्ससँग गरेको नयाँ बहुवर्षीय विशेष सम्झौताअन्तर्गत बन्ने यो पहिलो प्रोजेक्ट हुनेछ । यसैबीच, समीक्षकले यस फिल्मले नेपाली समयानुसार सोमबार हुने ...
: नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ। नदी, साहस र पर्यटनको संगम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। नेपाल ...
। बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो । विवरणअनुसार, खानको कुल सम्पत्ति करिब १.३ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । यो सूची मार्च ५ मा सार्वजनिक गरिएको हो र सम्पत्तिको गणना भने जनवरी १५ सम्मको तथ्यांकका आधारमा गरिएको ...
— चलचित्र विकास बोर्डले कान्स फिल्म फेस्टिभलको ७९ औं संस्करणमा सहभागिता जनाउने भएको छ । पर्यटन बोर्डसँगको सहकार्यमा फेस्टिभलमा नेपालको एक स्टल (बुथ) पनि राखिने बोर्डले जानकारी दिएको हो । नेपालको चलचित्र क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपाली चलचित्र र चलचित्रकर्मीहरूलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यका साथ बोर्डले नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउन लागेको बोर्ड अध्यक्ष ...
। लामो समयदेखि योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो । बोर्डका अनुसार स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३० वर्ष ...