मुख्य समाचार
भद्रपुरकी बबिताको भारतमा हत्या, हराएकी ८ दिनपछि खुल्यो पहिचान
भद्रपुरकी बबिताको भारतमा हत्या, हराएकी ८ दिनपछि खुल्यो पहिचान

: झापा भद्रपुरकी एक महिलाको भारतमा हत्या भएको छ। भद्रपुर नगरपालिका–६ टेलिभिट्टा निवासी ३२ वर्षीया बबिता राजवंशीको हत्या भएको हो।



उनको शव भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला खोरीबारी थाना अन्तरगतको बिन्नागुरी ग्राम पञ्चायत हारिभिट्टा नजिकैको केरा बगानमा फेला परेको थियो। उनको शव कुहिएको अवस्थामा खोरीबारी पुलिसले फेला पारेको थियो। अनुहार किराले खाइसकेकोले पहिचान समेत नखुलेको उनको शव केराको पत्ताले छोपिएको थियो।

केरा बगानमा शव गन्हाएपछि स्थानीयले देखेर त्यहाँका प्रहरीलाई खबर गरेका थिए। घटना असोज २ गतेको हो। घटनास्थल नेपाल–भारत सीमा नाका भद्रपुरदेखि करिब दुई किलोमिटर पूर्व उत्तर पर्छ। खोराबारी पुलिसले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उत्तरबंग मेडिकल कलेज पठाएका थिए।




शव पहिचान नखुलेको अवस्थामा घटना भएको ५ दिनपछि ती महिला भद्रपुरकी रहेको भनी खुलेको छ। मृतक बबिता सागसब्जी बिक्री गर्थिन्।

बबिता भदौ ३० गते सीमावर्ती भारतीय बजार सागसब्जी लिन गएको उनका जेठाजु जितेन राजवंशीले बताए। बबिता केही दिनदेखि हराइरहेको अवस्थामा एक महिलाको शव बोर्डर पारी भारतमा फेला परेको खबर सुनेर उनका परिवारजन तत्काल भारतीय प्रहरीसँग समन्वय गरेका थिए।

परिवारजनले उनले लगाएको कपडाका आधारमा शवको पहिचान गरेका थिए। ‘बबितालाई हत्या गरी केरा बगान लगी शव लुकाएर राखेको हुनुपर्छ,’ उनका जेठाजु जितेनले भने। घटना शंकास्पद भएकाले खोरीबारी पुलिस थानामा गएर चार जनाको नाममा किटानी जाहेरी दिएको उनको भनाइ छ।

चारै जना भारतीय नागरिक हुन। प्रतिमा बानिक, बालचन्द्र बानिक, दधिराम बर्मन र सहदेव बानिक रहेको उनले बताए। उनीहरूको बबितासँग आर्थिक लेनदेन थियो। नेपाल प्रहरीसँग समन्वय गरी बबिताको शव सोमबार दिउँसो साढे ३ बजे घर ल्याएर दाहसंस्कार गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पश्चिम एशियामा जारी युद्धसम्बन्धी 'भ्रामक सामग्री' सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा कम्तीमा ७ नेपाली पक्राउ परेका छन्। यूएई र साउदीमा ३–३ जना तथा कुवेतमा १ जना पक्राउ परेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार दूतावासहरूले बारम्बार सचेत गराउँदा पनि अपुष्ट सामग्री पोस्ट गर्नेक्रम रोकिएको छैन। यूएईको कानुनअनुसार यस्तो कार्यमा संलग्नलाई ...
। बेलायतको सर्वदलीय संसदीय समिति (अल पार्टी पार्लियामेन्ट्री ग्रुप) नेपाल आवद्ध १९ जना सांसदले गोर्खाहरूको सेवा र बलिदानलाई सम्मान गर्दै उनीहरुका मुद्दा सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका छन् । अल्डरसट र फार्नबरो क्षेत्रकी सांसद एवं अल पार्टी पार्लियामेन्ट्री ग्रुप नेपाल अध्यक्ष एलेक्स बेकरसहितका सांसदहरुले बेलायती भेट्रान मन्त्री लुइस स्यान्डर जोन्सलाई सोमबार एक पत्र लेख्दै सो आग्रह ...
— उच्च पदस्थ अधिकारीलाई धम्की दिएको आरोपमा फिलिपिन्सबाट पक्राउ गरी ल्याइएका प्रकाश पाठकको सम्बन्ध भ्रष्टाचारमा मुछिएका नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक प्रदीप अधिकारीसँग समेत भएको देखिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा भक्तपुरको नलिन्चोकमा हेलीप्याड निर्माण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा चलेका अधिकारीको सम्पर्क पाठकसँग रहेको देखिएको हो । जिल्ला प्रहरी ...
: कतारबाट घर फर्किन चाहने नेपाली नागरिकलाई सम्पर्कमा आउन त्यहाँस्थित नेपाली दूताबासले आग्रह गरेको छ । मध्य पूर्वको वर्तमान विषय परिस्थितिलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई यस्तो आग्रह गरेको । दूतावासले शनिबार एक सूचना जारी गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकहरुलाई दोहास्थित ताशिर साउदी ...
। मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै यूएईमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ । गल्फन्युजमा सार्वजनिक समाचारअनुसार १० जनामध्ये एक जना नेपाली पनि छन् । जसमा आँखा छोपिएको अवस्थामा तस्वीर पनि सार्वजनिक छन् । तर, अन्य परिचय भने खुलाइएको छैन । युएईका महान्यायाधिवक्ता हमाद ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम