मुख्य समाचार
लेबनानका १६०० ठाउँमा इजरायली आक्रमण : ४९२ जनाको मृत्यु, १६४५ घाइते
लेबनानका १६०० ठाउँमा इजरायली आक्रमण : ४९२ जनाको मृत्यु, १६४५ घाइते

इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले सोमबार लेबनानमा हिजबुल्लाहका १६०० ठाउँलाई लक्षित गरी हवाई हमला गरेको थियो। जसमा १० हजार रकेट नष्ट गरेको दाबी गरिएको छ ।



यसै क्रममा लेबनानको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा हालसम्म ४९२ जनाको ज्यान गएको जनाएको छ । जसमा ५८ महिला र ३५ बालबालिका रहेका छन् । हमलामा परी १ हजार ६ सय ४५ जना घाइते भएका छन् ।

अल जजीराका अनुसार सन् २००६ मा इजरायल-लेबनान युद्धपछि लेबनानमा भएको यो सबैभन्दा ठूलो हमला हो। लेबनानमा सेप्टेम्बर २५ सम्मका लागि स्कूल र कलेजहरू बन्द गरिएको छ। मानिसहरूलाई सुरक्षित स्थानमा पठाइएको छ।


इजरायलले लेबनानमा सञ्चालित अभियानलाई ‘नर्दर्न एरोज’ नाम दिएको छ । आइडीएफले हिजबुल्लाहले दक्षिणी लेबनानका घरहरूमा मिसाइलहरू लुकाएर राखेको र लगभग एक वर्षदेखि इजरायलमा प्रहार गरिएको दावी गरेको छ।

संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेर्रेसले लेबनान अर्को गाजा बनेको हेर्न आफूले नचाहेको बताएका छन्। लेबनानबाट जवाफी हमलाको आशंकामा इजरायलमा एक साता लामो संकटकाल लगाइएको छ। रक्षामन्त्री योभ गालान्टको आदेशमा क्याबिनेट मन्त्रीहरूले आपत्कालीन रूपमा फोनबाट मतदान गरेका थिए।

पहिला सन्देश, पछि आक्रमण

इजरायली सेनाले हिजबुल्लाहको स्थाननजिकै बस्ने मानिसहरूलाई तुरुन्तै आफ्नो घर छोड्न चेतावनी दिएको थियो। टाइम्स अफ इजरायलका अनुसार आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले सामाजिक सञ्जालमा एउटा भिडियो जारी गरेका छन्।

हागारीले लेबनानी नागरिकहरूलाई खतरापूर्ण क्षेत्रबाट टाढा जान आग्रह गरेका थिए। उनले भनेका थिए, 'इजरायली सेनाले हिजबुल्लाह विरुद्ध थप घातक हमला गर्न गइरहेको छ। हिजबुल्लाहले घर र भवनहरूमा हतियारहरू भण्डारण गरेको छ। यदि तपाईं हतियार भएको भवनमा हुनुहुन्छ भने, सकेसम्म चाँडो छोड्नुहोस्।'

यो सन्देश लेबनानका सबै नेटवर्क र प्लेटफर्महरूमा अरबीमा पठाइएको थियो।

रेडियो स्टेसन ह्याक गरियो, घर छाडेर जान आह्वान

लेबनानी रेडियो स्टेसनहरु ह्याक गरिएको सीएनएनले जनाएको छ। लगत्तै दक्षिणी लेबनानबाट मानिसहरुलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको थियो। रेडियो स्टेसन भ्वाइस अफ लेबनानले सोमबार सोसल मिडियामा पोस्ट गरेर यो जानकारी दिएको सञ्चारमाध्यमहरुमा समाचार छ।

सोमबार लगभग ८० जनामा मानिसको मोबाइलमा अपरिचित नम्बरबाट अटोमेटिक कल आएको थियो। जसमा मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिएको थियो। कल कहाँबाट आएको भन्ने हालसम्म जानकारी नआएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतले नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाइ ज्ञापन गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले नेपाली नागरिकहरूले उत्साहजनक सहभागितासहित आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा खुसी व्यक्त गरे। उनले विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाल सरकार, नेपाली जनता तथा सरोकारवालाहरूलाई विशेष परिस्थितिका बीच सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा बधाई दिए। भारतले सधैं नेपालमा शान्ति, प्रगति ...
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...