मुख्य समाचार
साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै
साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

। भुटानमा जारी साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ ।

समूह बी मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।


यसअघिका दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने अवस्था छ ।

भुटान र पाकिस्तानले समूह बी मा अपराजित रहँदै समान ४ अंक जोडेका छन् । गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट ३ अंकसहित नेपाल तेस्रो स्थानमा छ ।




भुटानलाई पराजित गरेमा नेपाल शीर्ष दुईमा रहेर सेमिफाइनल प्रवेश गर्नेछ । अर्को खेलमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका यसअघिका दुवै खेलमा पराजित हुँदै एक खेल अघि नै समूह चरणबाट बाहिरिसकेको छ ।

पाकिस्तान र भुटानका लागि समूहको अन्तिम खेलमा बराबरी खेले पनि सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ ।

नेपालको लागि भने भुटानलाई हराउनैपर्ने अवस्था छ । त्यसैले भुटानविरुद्धको खेल नेपालका लागि गर या मरको अवस्थामा छ ।

पछिल्लो समय भुटानले उमेर समूहमा राम्रो प्रदर्शन गरिरहेको र घरेलु मैदानमा खेल्दा भुटानलाई फाइदा पुग्नेछ । तर, साफ यु-१७ उमेर समूहमा नेपाल अहिलेसम्म भुटानसँग हारेको छैन । त्यसैले नेपाल विगतको प्रदर्शनलाई कायम राख्दै भुटानलाई हराएर सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

समूह ए बाट भारत समूह विजेता र बंगलादेश समूह उपविजेता बनेर सेमिफाइनल पुगिसकेका छन् । भारतसँग सेमिफाइनलको सम्भावित भेट टार्नको लागि भुटान र नेपालसँगै पाकिस्तान समूह बी को विजेता बन्दै सेमिफाइनल पुग्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित