मुख्य समाचार
क्यानडाले सन् २०२५ मा थप १० प्रतिशत विद्यार्थी भिसा कटौती गर्ने
क्यानडाले सन् २०२५ मा थप १० प्रतिशत विद्यार्थी भिसा कटौती गर्ने

। अध्ययनका लागि क्यानडा जान खोज्ने नेपाली विद्यार्थीहरुका लागि बेखुसीको खबर छ । किनकि क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।

क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो । त्यसअनुसार यस वर्ष क्यानडा सरकारले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेको थियो ।


मंगलबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०२५ मा थप १० प्रतिशतले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा कटौती गरिने जानकारी दिएका हुन् । उनले सामाजिक सन्जाल एक्स (साविकको ट्वीटर)मा लेखेका छन्, ‘हामीले यस वर्ष ३५ प्रतिशत कम अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा जारी गर्दछौं र अर्को वर्ष त्यो संख्या थप १० प्रतिशतले घट्दैछ ।’

उनले आप्रवासी क्यानडाको अर्थतन्त्रका लागि फाइदाजनक भए पनि खराब व्यक्तिहरुले प्रणालीको दुरुपयोग गर्दै विद्यार्थीको रुपमा फाइदा लिने गरेकाले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसामा थप कटौती गर्न लागिएको स्पष्ट पारेका छन् ।


क्यानडाले सन् २०२४ का लागि करिब ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मात्र स्टुडेन्ट भिसा जारी गर्ने निर्णय गरेको थियो । क्यानडामा सन् २०२२ मा ८ लाख अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएका थिए । यो संख्या २०२३ को अन्त्यसम्ममा ९ लाख पुगेको थियो ।

विदेशी विद्यार्थीको संख्या उल्लेख्य बढ्दा क्यानडामा आवास, यातायात, रोजगारी लगायतका सेवाहरूमा समस्या देखिएका छन् । त्यसैले क्यानडा सरकारले नीतिगत परिवर्तन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थी भिसा कटौती गर्ने क्यानडा सरकारको निर्णयले नेपाली विद्यार्थी समेत प्रभावित हुनेछन् । तर क्यानडा सरकारको यो निर्णयबाट केवल स्नातक तहमा अध्ययन गर्न क्यानडा जान चाहने विद्यार्थीहरु प्रभावित हुने बताइन्छ । तर स्नातकोत्तर र विद्यावारिधी गर्न चाहने विद्यार्थीका लागि भने सीमा लागु नहुने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतले नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाइ ज्ञापन गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले नेपाली नागरिकहरूले उत्साहजनक सहभागितासहित आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा खुसी व्यक्त गरे। उनले विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाल सरकार, नेपाली जनता तथा सरोकारवालाहरूलाई विशेष परिस्थितिका बीच सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा बधाई दिए। भारतले सधैं नेपालमा शान्ति, प्रगति ...
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...