मुख्य समाचार
‘ग्लाडिएटर २’ को नयाँ ट्रेलर : स्वतन्त्रता र शक्तिका लागि लडिएको युद्धको कथा
‘ग्लाडिएटर २’ को नयाँ ट्रेलर : स्वतन्त्रता र शक्तिका लागि लडिएको युद्धको कथा

। हलिउडको प्रतीक्षित फिल्म ‘ग्लाडिएटर २’ को कथा सुन्न तयार हुनुस् । फिल्मको पछिल्लो ट्रेलरले रहस्यमयी कथा र प्रविधिको बेजोड संयोजनले दर्शकलाई नयाँ स्वाद दिएको छ । नयाँ ट्रेलरमा पल मेस्कल, पेड्रो पास्कल जस्ता स्टार स्वतन्त्रता र शक्ति हासिल गर्न भिडिरहेका देखिन्छन् ।

धेरै कुरा थाहा पाउन बाँकी नै छ, जसलाई हामीले हलमै हेर्न पाउनेछौं । नयाँ ट्रेलरमा सबैलाई अचम्म पार्ने कुरा के छ भने यसमा मौलिक फिल्ममा जोआकिन फिनिक्सका भान्जाको भूमिकामा देखिएका म्याक्सिमसका छोरा लुसियसलाई यो ट्रेलरमा देख्न सकिन्छ ।




पल मेस्कलले ठूला र वयस्क लुसियसको भूमिका निर्वाह गरिरहेका छन् । जसको आमा कोनी निल्सेनले लुसिलाको रूपमा आफ्नो चरित्रमार्फत फर्किएकी छिन् । ट्रेलरमा हामी ठूला युद्ध पनि लडिरहेको देख्छौं ।

जब हामी युद्ध र रगत बगाउने रणनीति ट्रेलरमा देखिरहेका छौं । यो क्रममा लुसिलाले लुसियसलाई भन्छिन्, ‘तिम्रो बुवा जस्तै बलशाली बन । उसको नाम म्याक्सिमस थियो र म उसलाई तिमीमा देख्छु ।’




यो शृंखलामा यसपटक ग्लाडिएटरका लागि एकभन्दा बढी युद्धभूमि हुनेछन् । नयाँ फिल्म अघिल्लो भन्दा थप रोचक हुने अपेक्षा छ, जहाँ युद्धबन्दीले जंगली बबुन र गैंडाहरुको सामना गर्नुपर्नेछ । विपक्षीसँग लड्न र सार्कले भरिएको ट्यांकीमा डुंगा खसाउन पंक्तिबद्ध हुनुपर्नेछ ।

राइड्ली स्कट निर्देशित यो फिल्मलाई हलिउडको प्यारामाउण्ट पिक्चर्सले निर्माण गरेको हो । यो फिल्म नोभेम्बर २२ (मंसिर ७ गते) मा प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...