मुख्य समाचार
‘ग्लाडिएटर २’ को नयाँ ट्रेलर : स्वतन्त्रता र शक्तिका लागि लडिएको युद्धको कथा
‘ग्लाडिएटर २’ को नयाँ ट्रेलर : स्वतन्त्रता र शक्तिका लागि लडिएको युद्धको कथा

। हलिउडको प्रतीक्षित फिल्म ‘ग्लाडिएटर २’ को कथा सुन्न तयार हुनुस् । फिल्मको पछिल्लो ट्रेलरले रहस्यमयी कथा र प्रविधिको बेजोड संयोजनले दर्शकलाई नयाँ स्वाद दिएको छ । नयाँ ट्रेलरमा पल मेस्कल, पेड्रो पास्कल जस्ता स्टार स्वतन्त्रता र शक्ति हासिल गर्न भिडिरहेका देखिन्छन् ।

धेरै कुरा थाहा पाउन बाँकी नै छ, जसलाई हामीले हलमै हेर्न पाउनेछौं । नयाँ ट्रेलरमा सबैलाई अचम्म पार्ने कुरा के छ भने यसमा मौलिक फिल्ममा जोआकिन फिनिक्सका भान्जाको भूमिकामा देखिएका म्याक्सिमसका छोरा लुसियसलाई यो ट्रेलरमा देख्न सकिन्छ ।




पल मेस्कलले ठूला र वयस्क लुसियसको भूमिका निर्वाह गरिरहेका छन् । जसको आमा कोनी निल्सेनले लुसिलाको रूपमा आफ्नो चरित्रमार्फत फर्किएकी छिन् । ट्रेलरमा हामी ठूला युद्ध पनि लडिरहेको देख्छौं ।

जब हामी युद्ध र रगत बगाउने रणनीति ट्रेलरमा देखिरहेका छौं । यो क्रममा लुसिलाले लुसियसलाई भन्छिन्, ‘तिम्रो बुवा जस्तै बलशाली बन । उसको नाम म्याक्सिमस थियो र म उसलाई तिमीमा देख्छु ।’




यो शृंखलामा यसपटक ग्लाडिएटरका लागि एकभन्दा बढी युद्धभूमि हुनेछन् । नयाँ फिल्म अघिल्लो भन्दा थप रोचक हुने अपेक्षा छ, जहाँ युद्धबन्दीले जंगली बबुन र गैंडाहरुको सामना गर्नुपर्नेछ । विपक्षीसँग लड्न र सार्कले भरिएको ट्यांकीमा डुंगा खसाउन पंक्तिबद्ध हुनुपर्नेछ ।

राइड्ली स्कट निर्देशित यो फिल्मलाई हलिउडको प्यारामाउण्ट पिक्चर्सले निर्माण गरेको हो । यो फिल्म नोभेम्बर २२ (मंसिर ७ गते) मा प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ। नदी, साहस र पर्यटनको संगम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। नेपाल ...
। बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो । विवरणअनुसार, खानको कुल सम्पत्ति करिब १.३ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । यो सूची मार्च ५ मा सार्वजनिक गरिएको हो र सम्पत्तिको गणना भने जनवरी १५ सम्मको तथ्यांकका आधारमा गरिएको ...
— चलचित्र विकास बोर्डले कान्स फिल्म फेस्टिभलको ७९ औं संस्करणमा सहभागिता जनाउने भएको छ । पर्यटन बोर्डसँगको सहकार्यमा फेस्टिभलमा नेपालको एक स्टल (बुथ) पनि राखिने बोर्डले जानकारी दिएको हो । नेपालको चलचित्र क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपाली चलचित्र र चलचित्रकर्मीहरूलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यका साथ बोर्डले नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउन लागेको बोर्ड अध्यक्ष ...
। लामो समयदेखि योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो । बोर्डका अनुसार स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३० वर्ष ...
। अन्तर्राष्ट्रिय फिल्म ‘द ब्लफ’ मा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा गरिएको छ । यो सम्मान पाएकोमा खुशी व्यक्त गर्दै प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रशंसक र अनुयायीसँग खबर साझा गरेकी छन् । पोस्टमा छोटकरीमा ‘२०२६ एकेडेमी अवार्ड्स’ भनेर क्याप्सन लेखेकी छन् । खबर सार्वजनिक भएपछि उनका प्रशंसक, ...