मुख्य समाचार
हरिनी अमारासूर्या बनिन् श्रीलंकाको नयाँ प्रधानमन्त्री
हरिनी अमारासूर्या बनिन् श्रीलंकाको नयाँ प्रधानमन्त्री

। नेशनल पिपुल्स पावर (एनपीपी) की सांसद डा. हरिनी अमरासूर्या श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् ।

उनले मंगलबार नै राष्ट्रपति अनुरा कुमारा दिशानायकेसँग पद तथा गोपनीयताको शपथ लिएकी छन् ।


शनिबार सम्पन्न राष्ट्रपति निर्वाचन वामपन्थी दिशानायकेले जितेका थिए । उनले सोमबार शपथ लिएलगत्तै प्रधानमन्त्री दिनेश गुणवर्धनेले राजीनामा दिएका थिए ।

२२५ सदस्यीय संसदमा एनपीपीका डा. अमरासूर्यासँगै विजिथा हेराथ र लक्ष्मण निपुण अराग्ची मात्र सांसद थिए ।


राष्ट्रपति दिशानायकेले अमरासूर्यालाई प्रधानमन्त्री र हेराथलाई मन्त्री नियुक्त गरेका छन् । साथै उनले आजै मध्यरातबाट संसद भंग गर्ने श्रीलंकाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

रक्षा, अर्थसहितका मन्त्रालय राष्ट्रपति दिशानायकेले आफैंसँग राखेका छन् । प्रधानमन्त्री अमरासूर्यालाई शिक्षा, विज्ञान र प्रविधि लगायतका मन्त्रालय दिइएको छ भने विदेश मामिलासहितका मन्त्रालय हेराथलाई दिइएको छ ।

को हुन् अमारासूर्या ?

कोलम्बोकी ५४ वर्षीया अमारासूर्याले एडिनबर्ग विश्वविद्यालयबाट विद्यावारिधी गरेकी छन् । उनी महिला अधिकारकर्मीसमेत रहेकी उनी प्राध्यापनमा पनि संलग्न थिइन् ।

तर २०१९ को राष्ट्रपति चुनावका बेला उनी दिशानायकेको चुनावी अभियानमा सहभागी भइन् । अर्को वर्ष २०२० मा जनता विमुक्ति पेरामुना (जेजेपी) ले उनलाई सांसदको टिकट दियो र, उनले चुनाव जितिन् पनि ।

मंगलबार उनी प्रधानमन्त्री बनिन् । श्रीलंकाको इतिहासमा सिरिमाओ बन्दारानायके र चन्द्रिका कुमारातुङ्गापछि तेस्रो महिला प्रधानमन्त्री हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युद्ध रोक्न अमेरिका र युक्रेनले १९ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएको २८ बुँदे शान्ति योजनामा युक्रेन र अमेरिकाले छलफल गरेर १९ बुँदे मस्यौदा तयार पारेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएपछि विरोध सुरू भएको ...
। राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएकी अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन बुर्का लगाएर संसद्को च्याम्बरमा प्रवेश गरेको विरोधस्वरूप मङ्गलबार यस वर्षभरका लागि संसद्‌बाट निलम्बन गरिएको छ । मुस्लिम र आप्रवासनविरोधी विचारका लागि चर्चित वन नेशन पार्टीकी ७१ वर्षीया नेत्री ह्यान्सनले सोमबार आफ्नो ‘सार्वजनिक स्थानमा अनुहार ढाक्ने पहिरन प्रतिबन्ध’ सम्बन्धी प्रस्तावित ...
। चीनका गाउँहरूमा यस वर्ष ६६१ वटा विरोध प्रदर्शनहरू दर्ता भएका छन्, जुन सन् २०२४ को पूरै वर्षको तुलनामा ७०प्रतिशतले वृद्धि हो। यस शृङ्खलाको पछिल्लो घटना चीनको दक्षिणी क्विचो प्रान्तमा भएको छ। क्विचो प्रान्तको शिदोंग सहरमा सप्ताहन्तमा सुरु भएको यो विरोध प्रदर्शन स्थानीय अधिकारीहरूको एउटा नयाँ निर्देशनको प्रतिक्रियामा भएको हो । अधिकारीहरूले अबदेखि मानिसहरूको मृत्युपश्चात् जमिनको ...
: इथियोपियामा ज्वालामुखी विष्फोट भएको छ। यो १२ हजार वर्षपछि पहिलो पटक आइतबार ज्वालामुखी विष्फोट भएको हो। विस्फोटबाट उत्पन्न खरानी र सल्फर डाइअक्साइड लगभग १५ किलोमिटरको उचाइमा पुगेको थियो। जुन लाल सागरमा फैलिएर यमन र ओमानसम्म पुग्यो। सोमबार राति करिब ११ बजेतिर इथियोपियाबाट ४ हजार ३०० किलोमिटर टाढा रहेको दिल्लीको आकाशमा खरानीको यो बादल फैलियो। इन्डिया ...
— लेबनानको सैन्य समुह हिजबुल्लाहका शीर्ष कमाण्डरको अन्त्येष्टीमा सोमबार हजारौं मानिसहरु सहभागी भएका छन् । अन्त्येष्टीमा सहभागी भएकाहरुले इजरायलको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनाईको पक्षमा नाराबाजी गरेको इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले जनाएको छ । यसअघि आइतबार इजरायलले लेवनानको राजधानी बेरुतस्थित हरेत हेरिक इलाकामा आक्रमण गर्दा हिजबुल्लाहका सैन्य प्रमुख हायथाम ...