मुख्य समाचार
‘जोकर २’ का १३ गीत समेटेर लेडी गागाले एल्बम ‘हार्लेक्वीन’ ल्याउँदै
‘जोकर २’ का १३ गीत समेटेर लेडी गागाले एल्बम ‘हार्लेक्वीन’ ल्याउँदै

। आगामी महिना पपस्टार लेडी गागाले दुई एल्बम ल्याउने देखिन्छ । अर्को महिना सातौं स्टुडियो एल्बम ल्याउने घोषणा गरेकी गागाले मंगलबार नयाँ एल्बम ‘हार्लेक्वीन’ ल्याउने जनाएकी छन् ।

असोज १८ गते नेपालमा समेत रिलिज हुन लागेको फिल्म ‘जोकर २’ मा समावेश साउन्ड-ट्रयाकलाई समावेश गरी गागाको नयाँ एल्बम आउन लागेको हो । यो फिल्ममा गागाले ‘हार्लेक्वीन’ नामक भूमिका निर्वाह गरेकी छन् ।

असोज ११ मा रिलिज तयारीमा रहेको यो एल्बममा १३ गीत समावेश छन् । ‘म मेरो अन्तर्वार्ताको लागि तयार छु’ क्याप्सन लेख्दै गागाले प्रशंसकलाई एल्बम ल्याउन लागेकोबारे जानकारी दिएकी छन् ।

‘जोकर : फोली अ ड्युक्स’ फिल्ममा ग्रामी र अस्कर विजेता यी पपस्टारले अभिनेता ज्याक्विन फिनिक्ससँग स्क्रिन सेयर गरेकी छिन् । हलिउड सञ्चारमाध्यमका अनुसार गागाले ल्याउन लागेको एल्बममा निम्नानुसारका गीत समावेश हुनेछन् ।


१. गुड मर्निङ

२. गेट ह्याप्पी (२०२४)

३. ओ, ह्वेन द सेन्ट्स

४. वर्ल्ड अन अ स्ट्रिङ

५. इफ माइ फ्रेन्ड्स कुड सी मी नाउ

६. द्याट्स इन्टरटेनमेन्ट

७. स्माइल

८. द जोकर

९. फोली अ ड्युक्स

१०. गोन्ना बिल्ड अ माउण्टेन

११. क्लोज टु यू

१२. ह्याप्पी मिस्टेक

१३. द्याट्स लाइफ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ। नदी, साहस र पर्यटनको संगम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। नेपाल ...
। बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो । विवरणअनुसार, खानको कुल सम्पत्ति करिब १.३ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । यो सूची मार्च ५ मा सार्वजनिक गरिएको हो र सम्पत्तिको गणना भने जनवरी १५ सम्मको तथ्यांकका आधारमा गरिएको ...
— चलचित्र विकास बोर्डले कान्स फिल्म फेस्टिभलको ७९ औं संस्करणमा सहभागिता जनाउने भएको छ । पर्यटन बोर्डसँगको सहकार्यमा फेस्टिभलमा नेपालको एक स्टल (बुथ) पनि राखिने बोर्डले जानकारी दिएको हो । नेपालको चलचित्र क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपाली चलचित्र र चलचित्रकर्मीहरूलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यका साथ बोर्डले नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउन लागेको बोर्ड अध्यक्ष ...
। लामो समयदेखि योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो । बोर्डका अनुसार स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३० वर्ष ...
। अन्तर्राष्ट्रिय फिल्म ‘द ब्लफ’ मा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा गरिएको छ । यो सम्मान पाएकोमा खुशी व्यक्त गर्दै प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रशंसक र अनुयायीसँग खबर साझा गरेकी छन् । पोस्टमा छोटकरीमा ‘२०२६ एकेडेमी अवार्ड्स’ भनेर क्याप्सन लेखेकी छन् । खबर सार्वजनिक भएपछि उनका प्रशंसक, ...