मुख्य समाचार
ओडीआईमा सन्दीप, करण र गुल्सनको वरीयता सुधार
ओडीआईमा सन्दीप, करण र गुल्सनको वरीयता सुधार

। तीव्र गतिका बलर करण केसी, गुल्सन झा र स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नयाँ ओडीआई वरीयतामा सुधार गरेका छन् ।

ओपनर कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी र सोमपाल कामीको वरीयता खस्किएको छ ।




ओडीआईमा ब्याटिङतर्फ ओपनर आसिफ शेख ११ स्थान तल झर्दै ७९ औं स्थानमा पुगेका छन् । कुशल भुर्तेल ४ स्थान तल झर्दा ८० औं स्थानमा छन् । रोहित पौडेल ८७ औं स्थानमा यथावत छन् ।

ओडीआईको अलराउन्डरतर्फ सन्दीपले एकै पटक २२ स्थान सुधार गरेका छन् । अष्ट्रेलियाका ट्रविस हेड, एडम जाम्पा र सन्दीपको समान १४७ अंक हुँदा ४१ औं स्थानमा छन् ।




बलिङतर्फ भने उनी ४८ औं स्थानमा यथावत छन् । ललित राजवंशीको दुई स्थान खस्किदा ५२ औं स्थानमा पुगेका छन् । एक स्थान खस्किएका दीपेन्द्र ६४ औं स्थानमा छन् ।

अलराउन्डरतर्फ करण केसीले एकै पटक ११ औं स्थान सुधार गर्दै ७६ औं स्थानमा उक्लिएका छन् ।

गुल्सन झाले १३ स्थान सुधार गर्दै ९० औं स्थानमा छन् । त्यस्तै ललित राजवंशीले १ स्थान सुधार गर्दै ९४ औं स्थानमा छन् ।

नेपालको ओडीआई वरीयता पनि खस्किएको छ । नेपाल नेपाल १ स्थान तल झदै १७ औं स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित