मुख्य समाचार
राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : इजरायललाई रोक्नु पर्छ नत्र विश्वमा युद्ध हुन्छ
राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : इजरायललाई रोक्नु पर्छ नत्र विश्वमा युद्ध हुन्छ

इरानका राष्ट्रपति मसुद पजाकियानले मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इजरायललाई रोकेन भने विश्वमा नै युद्धको खतरा भएको बताएका छन्। उनले इरानले उक्त क्षेत्रमा तनाव बढ्न सक्ने सम्भावना भएकोले लेबनानमा इजरायलले गरेको आक्रमणको ततकाल जवाफ नदिने बताए।



पाजास्कियानले इजरायललाई रोक्न आवश्यक रहेको बताउँदै भने, 'इजरायललाई रोकिएन भने सम्पूर्ण मध्यपूर्व र त्यसपछि विश्व नै युद्धको चपेटामा पर्नेछ।' उनले गाजामा तुरुन्तै हिंसा रोक्न र स्थायी युद्धविराम लागू गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरे।

७० वर्षीय इरानी नेताले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो विचार व्यक्त गरेको यो पहिलो पटक हो। इब्राहिम रायसीको मृत्युपछि पज्कियान जुलाईमा इरानको राष्ट्रपति बनेका थिए ।


इरानी राष्ट्रपतिले इजरायलले गाजामा नरसंहार गरेको आरोप लगाएका छन् । उनले गाजामा विगत ११ महिनामा ४१ हजार निर्दोष मानिसको निर्ममतापूर्वक हत्या भएको बताए । तीमध्ये अधिकांश महिला र बालबालिका थिए । पछिल्लो एक वर्षमा इजरायलको वास्तविकता विश्वसामु खुलासा भएको उनको आरोप छ।
उनले इजरायलले इरानी वैज्ञानिक, कूटनीतिज्ञ र उनीहरूका पाहुनाको पनि हत्या गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतले नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाइ ज्ञापन गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले नेपाली नागरिकहरूले उत्साहजनक सहभागितासहित आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा खुसी व्यक्त गरे। उनले विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाल सरकार, नेपाली जनता तथा सरोकारवालाहरूलाई विशेष परिस्थितिका बीच सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा बधाई दिए। भारतले सधैं नेपालमा शान्ति, प्रगति ...
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...