मुख्य समाचार
इजरायली प्रधानमन्त्रीद्वारा लेबनानमा ‘पूर्ण युद्ध जारी राख्न’ सेनालाई निर्देशन
इजरायली प्रधानमन्त्रीद्वारा लेबनानमा ‘पूर्ण युद्ध जारी राख्न’ सेनालाई निर्देशन

— अमेरिकालगायत १२ देशले युद्धविरामका लागि आग्रह गरेसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा ‘पूर्ण शक्तिका साथ आक्रमण जारी राख्न’ सेनालाई निर्देशन दिएका छन् ।

इजरायल र हेजबुल्लाहबीचको युद्ध चर्कंदै गएपछि अमेरिका, बेलायत र युरोपेली संघलगायतका देशले लेबनानमा अस्थायी युद्धविरामको लागि आह्वान गरेका थिए । अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र कतारले संयुक्त विज्ञप्ति जारी गर्दै तीन साताका लागि युद्धविराम गर्न आग्रह गरेका थिए ।


ती देशहरूले तीन साता लामो युद्धविरामपछि द्वन्द्व अन्त्यका लागि कूटनीतिक पहल र समाधान सम्भव हुने जनाएका थिए । उनीहरूले इजरायल र लेबनानका जनताको हितका लागि पनि युद्धविराम आवश्यक भएको विज्ञप्तिमा उल्लेख गरेका थिए । तर त्यसको बेवास्ता गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहुले सेना (आईडीएफ) लाई ‘पूर्ण आक्रमण जारी राख्न’ आदेश दिएका हुन् ।

‘युद्धविरामबारेको समाचार सत्य होइन । यो अमेरिकी–फ्रान्सेली प्रस्ताव हो, जसको प्रधानमन्त्रीले कुनै जवाफ दिनुभएको छैन,’ इजरायली प्रधानमन्त्री कार्यालयलाई उदृत गर्दै बीबीसीले भनेको छ, ‘प्रधानमन्त्रीले सेनालाई पूर्ण शक्तिका साथ लडाइँ जारी राख्न निर्देशन दिनुभएको छ । साथै, लक्ष्यप्राप्त नभएसम्म गाजामा पनि युद्ध जारी रहनेछ ।’ नेतान्याहु संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्न न्युयोर्कतर्फ प्रस्थान गरेका छन् । उनले शुक्रबार महासभामा सम्बोधन गर्दैछन् ।

त्यस्तै, इजरायली विदेशमन्त्री इजरायल काट्जले पनि ‘उत्तरी क्षेत्रमा कुनै युद्धविराम नहुने’ बताएका छन् । ‘इजरायल विजयी भएर उत्तरी क्षेत्रका बासिन्दाहरू आफ्ना घरमा सुरक्षित रूपमा फिर्ता नहुन्जेलम्म आतंकवादी संगठन हेजबुल्लाहविरुद्ध हाम्रो सम्पूर्ण शक्तिले लढिइरहनेछ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।




इजरायली विपक्षी दलका नेता याइर लापिडले भने ‘बाइडेन–म्याक्रों युद्धविराम प्रस्ताव स्वीकार गर्नुपर्ने’ बताएका छन् । तर उनले एक साताका लागि मात्र युद्धविराम गर्नु उचित हुने बताएका बीबीसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले छुट्टै संयुक्त विज्ञप्ति जारी गर्दै युद्धग्रस्त क्षेत्रका सर्वसाधारणलाई घर फर्काउन र सुरक्षा सुनिश्चिता प्रदान गर्न युद्धविरामले बाटो खुल्ने बताएका थिए ।

इजरायलका पूर्वप्रधामन्त्री नफ्ताली बेनेटले हेजबुल्लाहले आक्रमण रोक्न चाहेको भए आफैले निशस्त्रिकरण गनुपर्ने र इजरायली सीमाबाट कम्तीमा १५ किलोमिटरको दूरीभन्दा टाढा रहनुपर्ने बताएका छन् ।




आईडीएफ प्रमुख हर्जी हलेभीले लेबनानमाथिको भीषण आक्रमणपछि उनीहरूलाई शत्रुको इलाकामा प्रवेश गर्न मार्ग प्रशस्त गर्न सक्ने बताएलगत्तै १२ देशहरूको विज्ञप्ती आएको थियो । अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभामा विश्व नेताहरूको बैठक पछि विज्ञप्ती सार्वजनिक भएको हो ।

तर इजरायलले भने दक्षिणी लेबनान र बेका क्षेत्रमा आक्रमण जारी राखेको छ । आईडीएफले बुधबार राति ७५ स्थानमा हेजबुल्लाह लक्षित आक्रमण गरेको जनाएको छ । ती आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै सोमबारयता इजरालले गरेका हवाई आक्रमणमा ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ । मारिनेमध्ये सयभन्दा बढी महिला र बालबालिका छन् । कम्तीमा १८ सय जना घाइते भएका जनाइएको छ । आक्रमणका कारण दक्षिणी लेबनानबाट दशौं हजार विस्थापित भएका छन् ।

त्यस्तै, आईडीएफले विहीबार इजरायल–सिरिया सीमामा पनि भीषण आक्रमण गरेको छ । ‘हेजबुल्लाहले हतियार ओसारपसार गरेकाले त्यसलाई रोक्न सिरियासँगको सीमाक्षेत्रमा आक्रमण गर्नुपरेको’ आईडीएफको दाबी छ । त्यसको जवाफमा हेजबुल्लाहले उत्तर इजरायलका सैन्य अखडामा कम्तीमा ४५ वटा रकेट प्रहार गरेको बीबीसीले उल्लेख गरेको छ ।

गत वर्ष अक्टुबर ७ मा गाजामा युद्ध सुरू भएयता इजरायल र हेजबुल्लाहबीच सीमापार आक्रमण जारी छ । गत साता हिजबुल्लाह समूहले प्रयोग गर्ने पेजर र वाकीटकी विस्फोटमा ३७ जनाको ज्यान गएको थियो । त्यस्तै, इजरायलले गत साता लेबनानको राजधानी बेरुतमा गरेको हवाई आक्रमणमा हेजबुल्लाहका शीर्ष सैन्य कमाण्डर इब्राहिम अकिलको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युद्ध रोक्न अमेरिका र युक्रेनले १९ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएको २८ बुँदे शान्ति योजनामा युक्रेन र अमेरिकाले छलफल गरेर १९ बुँदे मस्यौदा तयार पारेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएपछि विरोध सुरू भएको ...
। राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएकी अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन बुर्का लगाएर संसद्को च्याम्बरमा प्रवेश गरेको विरोधस्वरूप मङ्गलबार यस वर्षभरका लागि संसद्‌बाट निलम्बन गरिएको छ । मुस्लिम र आप्रवासनविरोधी विचारका लागि चर्चित वन नेशन पार्टीकी ७१ वर्षीया नेत्री ह्यान्सनले सोमबार आफ्नो ‘सार्वजनिक स्थानमा अनुहार ढाक्ने पहिरन प्रतिबन्ध’ सम्बन्धी प्रस्तावित ...
। चीनका गाउँहरूमा यस वर्ष ६६१ वटा विरोध प्रदर्शनहरू दर्ता भएका छन्, जुन सन् २०२४ को पूरै वर्षको तुलनामा ७०प्रतिशतले वृद्धि हो। यस शृङ्खलाको पछिल्लो घटना चीनको दक्षिणी क्विचो प्रान्तमा भएको छ। क्विचो प्रान्तको शिदोंग सहरमा सप्ताहन्तमा सुरु भएको यो विरोध प्रदर्शन स्थानीय अधिकारीहरूको एउटा नयाँ निर्देशनको प्रतिक्रियामा भएको हो । अधिकारीहरूले अबदेखि मानिसहरूको मृत्युपश्चात् जमिनको ...
: इथियोपियामा ज्वालामुखी विष्फोट भएको छ। यो १२ हजार वर्षपछि पहिलो पटक आइतबार ज्वालामुखी विष्फोट भएको हो। विस्फोटबाट उत्पन्न खरानी र सल्फर डाइअक्साइड लगभग १५ किलोमिटरको उचाइमा पुगेको थियो। जुन लाल सागरमा फैलिएर यमन र ओमानसम्म पुग्यो। सोमबार राति करिब ११ बजेतिर इथियोपियाबाट ४ हजार ३०० किलोमिटर टाढा रहेको दिल्लीको आकाशमा खरानीको यो बादल फैलियो। इन्डिया ...
— लेबनानको सैन्य समुह हिजबुल्लाहका शीर्ष कमाण्डरको अन्त्येष्टीमा सोमबार हजारौं मानिसहरु सहभागी भएका छन् । अन्त्येष्टीमा सहभागी भएकाहरुले इजरायलको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनाईको पक्षमा नाराबाजी गरेको इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले जनाएको छ । यसअघि आइतबार इजरायलले लेवनानको राजधानी बेरुतस्थित हरेत हेरिक इलाकामा आक्रमण गर्दा हिजबुल्लाहका सैन्य प्रमुख हायथाम ...