मुख्य समाचार
एएफसी यु-२० एसियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्ने
एएफसी यु-२० एसियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्ने

। चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सुरु हुनेछ ।



समूह बी मा नेपालले यसअघि तीन खेल खेल्दा १ खेल जितेको थियो भने २ खेलमा पराजित भएको थियो ।

पाँच टोली सहभागी समूह बी मा नेपाल ३ खेलबाट ३ अंकसहित चौथो स्थानमा छ । समूहको शीर्ष स्थानमा रहेर अर्को वर्ष चीनमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ ।




यस समूहमा उज्वेकिस्तान दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । यस्तै ३ खेलबाट २ जित र एक हारको नतिजाबाट ६ अंक नै जोडेको कम्बोडिया दोस्रो स्थानमा छ । दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको बहराइनको तीन अंक छ र नेपाल भन्दा अघि तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित