मुख्य समाचार
सुदूरपश्चिमलाई हराउँदै कोशी सुपर लिगमा
सुदूरपश्चिमलाई हराउँदै कोशी सुपर लिगमा

। सुदुरपश्चिम प्रदेशलाई ४–०ले हराउँदै कोशी प्रदेश एन्फा महिला लिगको सुपर लिगमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सुदुरपश्चिमविरुद्ध खेलको २३औं मिनेटमा ममता रावतले गर्दै कोशीलाई अग्रता दिलाएकी हुन् ।


पहिलो हाफमा १ गोल मात्रै खाएको सुदुरपश्चिमले दोस्रो हाफमा २ गोल खायो । खेलको ५२औं मिनेटमा कोशीकी फर्वाड समिक्षा मगरले सुनिता सरकारको क्रसमा गोल गरिन् ।

त्यस्तै, खेलको ६४ औं मिनेटमा पूर्णिमा राईको पासमा सुदुरकी गोलरक्षक टिकेश्वरी अगाडी बढेको अवस्था व्याक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरेकी हुन् ।



८४औं मिनेटमा कुश्मा राईले गोल गर्दै निर्णायक गोल गरिन् । उनले डि बक्स बाहिरबाट लङ रेन्जबाट गरेको प्रहार गोलपोष्टको माथिल्लो बारमा लाग्दै गोल भएको हो ।

एन्फा लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकाल्दै कोशीले ९ खेलमा १४ अंक जोड्दै शीर्ष पाँचमा अटाएको छ ।

कोशीले ९ खेलमा ४ जित, २ बराबरी र ३ हार बेहोरेको छ ।

सुदुरपश्चिमले भने यो प्रतियोगिताभर १ अंक पनि जोड्न सकेन । सुदुरपश्चिमले ९ खेलमा ९ हारमा ६९ गोल खाएको छ भने ३ गोल फर्काएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित