मुख्य समाचार
लण्डन फिल्म फेस्टिभलमा प्रिमियर हुँदै ‘शाम्बाला’
लण्डन फिल्म फेस्टिभलमा प्रिमियर हुँदै ‘शाम्बाला’

। नेपाली फिल्म ‘शाम्बाला’ लण्डन फिल्म फेस्टिभलको ६८ औं संस्करणमा प्रिमियर हुने भएको छ । बेलायतको यो प्रतिष्ठित फेस्टिभलमा प्रिमियर हुने ‘शाम्बाला’ पहिलो नेपाली फिल्म समेत हुनेछ ।

असोज २९ र ३० गते (१५ र १६ अक्टोबर)मा यो फिल्मको स्क्रिनिङ हुन लागेको फेस्टिभलले जनाएको छ । जसमध्ये ३० गते बुधबारको शोका सबै टिकट बिक्री भइसकेका छन् ।



फेस्टिभलको यस वर्षको संस्करण अक्टोबर ९ देखि २० सम्म हुनेछ । यसबाहेक ‘शाम्बाला’ले बर्लिनको यस वर्षको संस्करणमा ३० वर्षपछि मुख्य विधामा छनोट हुने दक्षिण एसियाली फिल्मको रेकर्ड राखेको थियो । यसबाहेक यो फिल्म स्वीट्जरल्याण्डको लोकार्नो फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भएको थियो ।

मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ यतिबेला नेपालका हलमा प्रदर्शन भैरहेको छ । फिल्मले दोस्रो सप्ताहन्तसम्म २ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘ब्ल्याकपिंक’की रोज र ब्रुनो मार्सको गीत ‘एपीटी’ युट्युवमा सबैभन्दा छिटो १ अर्बपटक हेरिने के-पप गीत बनेको छ । ३ महिनाअघि रिलिज भएको यो गीतले साईको के–पप गीत ‘गङ्नम स्टाइल’को रेकर्डलाई तोडेको छ । जनवरी ३१ मा यो गीतले औपचारिकरुपमा १ अर्बको आँकडा पार गरेको हो । १८ अक्टोबर, २०२४ मा रिलिज भएको यो गीत रिलिज ...
। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दूतावासका भिसा कन्सुलर अधिकारी ग्रेगोरी डी. सिम्किसबीच द्धिपक्षीय भेटवार्ता भएको छ । छलफलमा नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्था, नेपाल र अमेरिकामा आयोजना हुने फिल्म अवार्ड एवं सम्मान समारोह, फिल्मकर्मीको भिसासम्बन्धी विषयमा छलफल भएको बोर्डले जनाएको छ । भेटमा सिम्किसले नेपालमा आयोजना हुने फिल्म अवार्डको छनोट प्रक्रिया, विश्वसनीयता र ...
। ‘पुष्पा २’ सन् २०२४ मा भारतको धेरै कमाउने फिल्म हो । अल्लु अर्जुन स्टारर तेलुगु एक्सन–थ्रीलर डिसेम्बर ५ मा हलमा रिलिज भएको थियो । फिल्मले विश्वब्यापी १८०० करोड भारु कमाएको छ । सुकुमार निर्देशित फिल्म भारतीय फिल्म इतिहासमा सर्वकालिन धेरै कमाउने फिल्म हो । डिजिटल रिलिजको प्रतीक्षामा यो फिल्मलाई लिएर फ्यान उत्साहित थियो । ...
। कुनैबेलाकी चर्चित बलिउड अभिनेत्री ममता कुलकर्णीले सन्यासी जीवन सुरु गरेकी छन् । उनी किन्नर अखाडाकी महामंडलेश्वर बनेकी छिन् । उनले भारतको प्रयागराजको संगम किनारमा पिण्ड दान गरिन् । अब उनलाई यमाई ममता नन्द गिरीको रुपमा चिनिनेछ । उनले सांसरिक जीवन त्यागेकी छन् । ५३ वर्षीया ममता शनिबार बिहानै महाकुम्भमा किन्नर अखाडा पुगेकी थिइन् । उनले ...
। सन् २०२४ मा नेटफ्ल्क्सिको विश्वब्यापी सब्सक्राइबर संख्या ३० करोड १६ लाख पुगेको छ । विश्वकै सबैभन्दा ठूलो फिल्म र सिरिजको यो ओटीटी प्लाटफर्मले गतवर्षको तथ्यांक सार्वजनिक गरेको हो । अक्टोबर-डिसेम्बर अवधिमा ९.१८ मिलियन सशुल्क सदस्य थपिएका थिए । सन् २०२४ को तेस्रो चौंथाइमा प्लाटफर्मका ५.१ मिलियन सशुल्क ग्राहक थपिएका छन् । सो अवधिमा विश्वब्यापी २८२.७२ ...