मुख्य समाचार
एन्फा महिला लिगमा एपीएफको सहज जित
एन्फा महिला लिगमा एपीएफको सहज जित

: एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपीएफ क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ।


सातदोबाटोस्थीत एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा सुपर लिगमा प्रवेश गरिसकेको एपीएफले बागमतीलाई ७–० गोल अन्तरले पराजित गरेको हो।

एपीएफको जितमा रश्मीकुमारी घिसिङले खेलको ३५, ५७, ८२ र ८८ औं मिनेटमा गोल गरिन्। त्यस्तै अनिता बस्नेतले ४१ र सविता थापा मगरले इन्जुरी समयमा गोल गरिन् भने एक गोल आत्माघातीबाट प्राप्त गरेको थियो।


जितसँगै ९ खेलमा २५ अंक जोडेको एपीएफ शीर्ष स्थानमा छ। पराजित बागमती समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल क्रिकेट संघ (क्यान) ले आगमी २०२५ अनुमानित वार्षिक आम्दानी बजेट ६१ करोड ७२ लाख रुपैया हुने बताएको छ । पोखरामा सम्पन्न क्यानको वार्षिक साधरण सभाले उक्त अनुमानित बजेट प्रस्तुत गरेको हो । क्यानको आगमी आर्थिक वर्षको अनुमानित आम्दानी ६१ करोड, ७२ लाख, ७४ हजार ३५० रुपैयाँ छ । क्यानलाई आसीसीले वार्षिक २४ करोड ५५ लाख ...
। एएफसी यु-२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४-० ले पराजित भएको छ । शुक्रबार चाइनिज ताइपेईमा भएको खेलमा बहराइनका लागि समी बसम अवादीले दुई गोल गरे । खालिद अल्खलाफ र अलि अहमेद हसनले समान १–१ गोल गर्दा नेपाल ४ –० ले पराजित भएको हो । खेलको २३औँ मिनेटमा अवादीको गोलमा बहराइनले अग्रता बनाएको ...
। घरेलु टोली नामिवियाले आईसीसी विश्वकप लिग–२ मा युएईलाई ८ विकेटले हराएको छ । १९१ रनको लक्ष्य नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर माइकल भान लिंगेनले ४३ बलमा १२ चौका र २ छक्कासहित ६७ तथा जेपी कोट्जी ४० रनमा आउट भए । कप्तान जेराल्ड इरास्मस ४६ बलमा ६ चौका र ३ छक्कासहित ५९ ...
। सुदुरपश्चिम प्रदेशलाई ४–०ले हराउँदै कोशी प्रदेश एन्फा महिला लिगको सुपर लिगमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सुदुरपश्चिमविरुद्ध खेलको २३औं मिनेटमा ममता रावतले गर्दै कोशीलाई अग्रता दिलाएकी हुन् । पहिलो हाफमा १ गोल मात्रै खाएको सुदुरपश्चिमले दोस्रो हाफमा २ गोल खायो । खेलको ५२औं मिनेटमा कोशीकी फर्वाड समिक्षा मगरले सुनिता सरकारको क्रसमा गोल ...
। श्रीलंकाले दोस्रो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मजबुत ब्याटिङ सुरुवात गरेको छ । गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिन ३०६–३ को अवस्थामा छ । दिनेश चान्डिमलले २०८ बलमा १६ चौकासहित ११६ रनको शतकीय इनिङ खेले । टेस्ट करिअरको १६ औं शतक हानेका उनी ग्लेन फिलिप्सको बलमा बोल्ड आउट भए । ओपनर पाथुम निसांका १ ...