मुख्य समाचार
संसारकै पहिलो आत्मघाती मेसिनबाट एक महिलाले आत्महत्या गरेपछि…
संसारकै पहिलो आत्मघाती मेसिनबाट एक महिलाले आत्महत्या गरेपछि…

अमेरिकाकी एक ६४ वर्षीया महिला आफ्नो देहत्याग गर्नका लागि आत्महत्या मेसिन (सुसाइड पोड) प्रयोग गर्ने विश्वकै पहिलो व्यक्ति बनिन् । तर, उनको मृत्युपछि अहिले स्विट्जरल्याण्डमा तहल्का मच्चिएको छ र यस विषयमा कैयन् मानिसहरु पक्राउ परेका छन् ।

गत सोमबार दिउसो जर्मनीसँगको सिमानामा पर्ने स्विट्जरल्याण्डको एक स्थानमा सारको नामक उक्त विवादास्पद थ्री डी प्रिन्टेड आत्महत्या मेसिनको प्रयोग गरी ती महिलाले अन्तिम श्वास फेरिन् । स्विट्जरल्याण्डको मेरिसजेन क्षेत्रमा रहेको उडल्याण्ड रिट्रिटमा सो मेसिनको प्रयोग गरिएको थियो । सो मेसिनलाई इच्छामृत्युको टेस्ला पनि भनिन्छ ।




ती महिलाले अन्तिम श्वास लिनुअघि सो मेसिनले एउटा डरलाग्दो सन्देश दिएको थियो । मेसिनले भनेको थियो- यदि तपाईं मर्न चाहनुहुन्छ भने यो बटन दबाउनुहोस् ।

वास्तवमा स्विट्जरल्याण्ड त्यस्ता सीमित देशहरुमध्ये एक हो जहाँ विदेशी मानिसहरुले कानुनी रुपमा आत्महत्याका लागि सहायता प्राप्त गर्न सक्दछन् । तर, सोमबार यो घटनामा भने त्यहाँको सरकार गम्भीर देखिएको छ । आत्महत्या मेसिनमा हालेर मानिसलाई आत्महत्या गराउनु वैध नभएको स्वीस स्वास्थ्य मन्त्री एलिजाबेथ बम स्नाइडरले बताएकी छिन् ।




उनले भनेकी छिन् – यो मेसिनले सुरक्षा कानुनका मागहरुलाई पूरा गर्दैन । त्यसैले यसको प्रयोग गर्नु हुँदैन ।

उक्त अवैध मेसिनको प्रयोग गरी एक महिलाले आत्महत्या गरेको सूचना एउटा ल फर्मले पुलिसलाई दिएको थियो ।

स्थानीय प्रहरीका अनुसार यो घटना उत्तरी स्विट्जरल्याण्डस्थित एक जंगल नजिकै भएको थियो । प्रहरीका अनुसार सो घटनामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि आत्महत्या दुरुत्साहनको आरोपमा अनुसनधान भैरहेको छ ।

पक्राउ पर्नेमा एक डच पत्रिकाका फोटोग्राफर पनि रहेका छन् । उनले आत्महत्याका लागि उक्त मेसिनको प्रयोग हुँदाका बखतको तस्वीर लिएका थिए । आत्महत्या गर्ने अमेरिकी महिलाको परिचय भने खुलाइएको छैन ।

प्रहरीले जंगलमा फेला परेको उक्त मेसिनलाई कब्जामा लिएको छ भने मृतकको सरीरलाई पोस्टमार्टमका लागि पठाइएको छ ।

यसरी काम गर्छ सार्को क्याप्सुलले ?

Sarco Suicide Capsule, Switzerland

उक्त आत्महत्या मेसिनको निर्माण तथा डिजाइन द लास्ट रिसोर्ट नाम कम्पनीले गरेको हो । स्वीस अधिकारीहरुका अनुसार सार्को नामक उक्त सुसाइड पडको प्रयोग गर्नका लागि अहिलेसम्म अनुमति प्रदान गरिएको छैन ।

विवादास्पद मेसिनको च्याम्बरमा नाइट्रोजन भरिएको हुन्छ जसका कारण त्यसभित्र मर्नका लागि छिर्ने मानिसको अक्सिजनको स्तर खतरनाक विन्दुसम्म झर्दछ । यो मेसिनभित्र छिरेको व्यक्ति मेसिन चालु गर्ने बित्तिकै बेहोस हुन्छ र १० मिनेटभित्रैमा उसको मृत्यु हुन्छ । सो पडलाई भित्रैबाट नियन्त्रण गर्न सकिन्छ र यसमा बाहिर निस्किने एउटा आपतकालीन एक्जिट बटन पनि राखिएको छ ।

सार्को क्याप्सुल बनाउने कम्पनी एक्जिन इन्टरनेसनल एक डच कम्पनी हो, जसले मानिसहरुलाई आत्महत्याका लागि सहयोग गर्दछ । उक्त क्याप्सुल सबैभन्दा पहिले सन् २०१९ मा सार्वजनिक गरिएको थियो ।

यो एक ठाउँबाट अर्को ठाउँमा बोकेर लैजान सकिने तथा मानवाकारको बन्द मेसिन हो । आत्महत्या गर्न चाहने मानिस यसभित्र छिरेर पल्टिन्छ अनि बटन दबाउँछ । त्यसपछि मेसिनभित्रको अक्सिजन नाइट्रोजनमा परिणत हुन्छ, जसका कारण सो मानिस कम अक्सिजन अर्थात् हाइफोक्जियाको सिकार बन्दछ र उसको मृत्यु हुन्छ ।

डिजाइनर फिलिप नित्सकेका अनुसार एकपटक बटन थिच्दा ३० सेकेण्डभित्रै यसको अक्सिजन २१ प्रतिशतबाट घटेर ०.०५ प्रतिशतमा झर्दछ ।

त्यसपछि त्यसभित्रको मानिस बेहोस बन्दछ र विस्तारै उसको मृत्यु हुन्छ । फिलिपका अुनसार क्याप्सुलभित्र मर्नुभन्दा ५ मिनेट अगाडिसम्म मानिस बेहोस अवस्थामा रहेको हुन्छ ।

त्यसैले यदि अन्तिम समयमा आफ्नो मन बदल्यो भनेपनि ऊ बाँच्ने कुनै सम्भावना हुँदैन । एकपटक भित्र छिरेर बटन थिचेपछि जिवित बाहिर निस्कने कुरा असम्भव हुन्छ । बटन नथिच्दै मात्र एक्जिन बटन थिचेर निस्किन सकिन्छ ।

सहज मृत्युका लागि बनाइएको थियो…

एग्जिट इन्टरनेसनलका स्वीस सहयोगी तथा द लास्ट रिसोर्टका सहअध्यक्ष फ्लोरियन भिलेट ती महिलाको मृत्युका साक्षी थिए । उनीसँगै डच पत्रकार र दुईजना स्वीस नागरिकहरु त्यहाँ पक्राउ परे । भिलेटले ती महिलाको मृत्यु शान्तिपूर्ण, तीव्र गतिको र सहज भएको उल्लेख गरेका छन् ।

सन् १९९० को दशकका एक अष्ट्रेलियाली चिकित्सक, आत्महत्या पैरवीकर्ता तथा एक्जिट इन्टरनेसनलका निर्देशक डाक्टर फिलिप नित्सेकेले सो मेसिनको डिजाइन गरेका हुन् ।

उनका अुनसार उक्त मेसिनले त्यसको डिजाइन अनुसार सफलतापूर्वक काम गरेको छ । आत्महत्या गर्ने महिला रोग प्रतिरोधात्मक क्षमतासम्बन्धी गम्भीर रोगबाट पीडित भएको बताइएको छ ।

तर यस्तो खालको आत्महत्यालाई लिएर स्विट्जरल्याण्डमा प्रश्न उठेको छ । किनकि स्विट्जरल्याण्डमा एक्टिभ युथेनासिया अर्थात् आफैंले सक्रिय भएर आत्महत्या गर्न बन्देज छ ।

स्विट्जरल्याण्डमा यदि कसैलाई आत्महत्या गर्नुछ भने उसलाई अनुमति लिएर अरुको सहयोगमा मर्न सक्दछ । यो सुविधा दशकौंदेखि उपलबध छ ।

असिस्टेड डाइंगका लागि पनि व्यक्तिलाई निको नहुने रोग लागेको लगायतका मापदण्डको पालना हुनुपर्दछ । तर, यस्तोमा पनि मानिस आफैंले आत्महत्या गर्न भने पाउँदैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युद्ध रोक्न अमेरिका र युक्रेनले १९ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएको २८ बुँदे शान्ति योजनामा युक्रेन र अमेरिकाले छलफल गरेर १९ बुँदे मस्यौदा तयार पारेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएपछि विरोध सुरू भएको ...
। राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएकी अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन बुर्का लगाएर संसद्को च्याम्बरमा प्रवेश गरेको विरोधस्वरूप मङ्गलबार यस वर्षभरका लागि संसद्‌बाट निलम्बन गरिएको छ । मुस्लिम र आप्रवासनविरोधी विचारका लागि चर्चित वन नेशन पार्टीकी ७१ वर्षीया नेत्री ह्यान्सनले सोमबार आफ्नो ‘सार्वजनिक स्थानमा अनुहार ढाक्ने पहिरन प्रतिबन्ध’ सम्बन्धी प्रस्तावित ...
। चीनका गाउँहरूमा यस वर्ष ६६१ वटा विरोध प्रदर्शनहरू दर्ता भएका छन्, जुन सन् २०२४ को पूरै वर्षको तुलनामा ७०प्रतिशतले वृद्धि हो। यस शृङ्खलाको पछिल्लो घटना चीनको दक्षिणी क्विचो प्रान्तमा भएको छ। क्विचो प्रान्तको शिदोंग सहरमा सप्ताहन्तमा सुरु भएको यो विरोध प्रदर्शन स्थानीय अधिकारीहरूको एउटा नयाँ निर्देशनको प्रतिक्रियामा भएको हो । अधिकारीहरूले अबदेखि मानिसहरूको मृत्युपश्चात् जमिनको ...
: इथियोपियामा ज्वालामुखी विष्फोट भएको छ। यो १२ हजार वर्षपछि पहिलो पटक आइतबार ज्वालामुखी विष्फोट भएको हो। विस्फोटबाट उत्पन्न खरानी र सल्फर डाइअक्साइड लगभग १५ किलोमिटरको उचाइमा पुगेको थियो। जुन लाल सागरमा फैलिएर यमन र ओमानसम्म पुग्यो। सोमबार राति करिब ११ बजेतिर इथियोपियाबाट ४ हजार ३०० किलोमिटर टाढा रहेको दिल्लीको आकाशमा खरानीको यो बादल फैलियो। इन्डिया ...
— लेबनानको सैन्य समुह हिजबुल्लाहका शीर्ष कमाण्डरको अन्त्येष्टीमा सोमबार हजारौं मानिसहरु सहभागी भएका छन् । अन्त्येष्टीमा सहभागी भएकाहरुले इजरायलको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनाईको पक्षमा नाराबाजी गरेको इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले जनाएको छ । यसअघि आइतबार इजरायलले लेवनानको राजधानी बेरुतस्थित हरेत हेरिक इलाकामा आक्रमण गर्दा हिजबुल्लाहका सैन्य प्रमुख हायथाम ...