मुख्य समाचार
क्यानको २०२५ को बजेट : आम्दानी ६१ करोड, खर्च ६९ करोड
क्यानको २०२५ को बजेट : आम्दानी ६१ करोड, खर्च ६९ करोड

। नेपाल क्रिकेट संघ (क्यान) ले आगमी २०२५ अनुमानित वार्षिक आम्दानी बजेट ६१ करोड ७२ लाख रुपैया हुने बताएको छ ।

पोखरामा सम्पन्न क्यानको वार्षिक साधरण सभाले उक्त अनुमानित बजेट प्रस्तुत गरेको हो । क्यानको आगमी आर्थिक वर्षको अनुमानित आम्दानी ६१ करोड, ७२ लाख, ७४ हजार ३५० रुपैयाँ छ ।




क्यानलाई आसीसीले वार्षिक २४ करोड ५५ लाख २० हजार प्रदान गर्नेछ । क्यानलाई आईसीसीले एसीसीबाट सोधभर्ना अनुदान ९३, २९१, ८५० रहने अनुमान गरेको छ । त्यस्तै एसीसीले ३९,६००, ००० अनुदान दिनेछ । राखेपबाट आम्दानी ११,०००,००० हुने छ ।

प्रायोजक र इस्पोन्सरबाट इनकम ९३, ५००,००० हुनेछ । टिकट ब्रिकी, बैकको ब्याज, मैदान भाडा, बोडकास्टिङ, चन्दा, मर्चेन्डाइजिङ सबै गरी ६१ करोड ७२ लाखको बजेट अनुमान गरेकोछ ।




उक्त बजेटबाट क्यानले मुख्य प्रशिक्षक, प्रादेशिक प्रशिक्षक, मैदान कर्माचारी, क्युरेटर, कार्यसमिति बैठक, प्रदेशलाई दिने अनुदान र अन्य घरेलु प्रतियोगितामा २१ करोड ४३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । विभिन्न घरेलु प्रतियोगिता र अन्यमा १३ करोड खर्च हुने अनुमान गरेको छ ।

नेपालको सिनियर पुरुष र महिला टोलीको विदेशमा सहभागीता, बन्द प्रशिक्षण, सिरिजहरु, लिग २, यू-१९ विश्वकप एसिया छनोट, हवाइ टिकट लगायतमा २९ करोड १२ लाख खर्च हुने अनुमान गरेकोछ । क्यानको २०२५ को कुल अनुमानित खर्च ६९ करोड ५० लाख रुपैयाँछ ।

१२ असोज, काठमाडौं। अविरल वर्षाका कारण सम्मेलन स्थल वरपर जलमग्न भएको भन्‍दै अखिल क्रान्तिकारीले तेस्रो दिनको बन्दसत्र स्थगित गरेको छ ।

अखिल क्रान्तिका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले सामाजिक सञ्जालमार्फल २३औं राष्ट्रिय सम्मेलनको बन्दसत्रको आज असोज १२ गतेको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी गराएका छन् ।

‘अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको र अखिल(क्रान्तिकारी) को सम्मेलनस्थल वरपर जलमग्न भएको हुँदा अखिल(क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलनको बन्दसत्रको आज असोज १२ गतेको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ।’ केन्द्रीय उपाध्यक्ष रेग्मीले सामाजिक सञ्जालमा भनेका छन् ।

उनका अनुसार बन्दशत्र भोलि असोज १३ गते ११ बजे बाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित