मुख्य समाचार
द्वन्द्वकालका गम्भीर अपराधका घटनामा आममाफी हुँदैन : प्रधानमन्त्री ओली
द्वन्द्वकालका गम्भीर अपराधका घटनामा आममाफी हुँदैन : प्रधानमन्त्री ओली

: प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन्। हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदबाट पारित संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियाले कानुनी उपचारलगायत पीडितको अधिकार र हितको रक्षा गर्ने स्पष्ट पारेका हुन्।



nullकांग्रेस र एमालेको सहमति अनुसार आफ्नो नेतृत्वको सरकार बनेपछि टीआरसी विधेयक सर्वसम्मत रुपमा पारित गरेको बताउँदै उनले बाँकी रहेका कामहरू अबका दिनमा अगाडि बढ्ने उल्लेख गरे।

‘नेपालको शान्ति प्रक्रिया हामी आफैँले नेतृत्व गरेको र राष्ट्रिय अपनत्व प्राप्त भएको एक मौलिक प्रक्रिया हो। वामपन्थी र लोकतान्त्रिक सबै राजनीतिक दलहरू मिलेर गरेको ‘शान्ति सम्झौता’ त्यस अर्थमा पनि अनुपम छ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामी शान्ति प्रक्रियाको अन्तिम किस्ताका कार्यहरूमा प्रवेश गर्दा पारित ऐनको प्रभावकारी कार्यान्वयनका लागि प्रक्रियामा हाम्रा साझेदारसहित अन्तर्राष्ट्रिय समुदायबाट समर्थन र प्रोत्साहनको स्वागत गर्दछौँ।’
उनले द्वन्द्वकालका घाउहरू निको पार्न र सम्पूर्ण समाजलाई मेलमिलाप, शान्ति र सद्भावको भावनाका साथ अगाडि बढ्न मद्दत गर्न हिंसात्मक प्रक्रियाको अन्त्य गर्न कटिबद्ध रहेको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले शान्तिका प्रवर्तक गौतम बुद्धको जन्मभूमि भएकाले नेपाल स्वाभाविक रूपमा अहिंसावादी, सहिष्णु र शान्तिपूर्ण समाज भएको अवगत गराए।

प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घका मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायका विषयलाई पनि विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीमाझ प्रस्तुत गरेका थिए।

nullकार्यक्रममा विद्यार्थीहरूले प्रधानमन्त्री ओलीसँग राखेका प्रश्नहरूमा उनले जवाफ दिँदै नेपालका युवाहरू सधैँ विदेश मात्रै जान्छन् र नेपालको अर्थतन्त्र विप्रेषणका आधारमा मात्रै चल्छ भन्ने तथ्य सही नभएको बताउँदै स्वदेश फर्कने युवाको सङ्ख्यालाई पनि हेर्न आग्रह गरे। उनले स्वदेशमा युवाहरूलाई रोजगारी र उद्यमशीलता वृद्धि गर्न ‘स्टार्ट अप’जस्ता कार्यक्रम अघि सारिएको पनि जानकारी दिए।

प्रधानमन्त्री ओलीले नेपालका दुवै छिमेकीसँग सहकार्य र सन्तुलित सम्बन्धका माध्यमबाट नेपालको आर्थिक विकासमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट बोस्टन आएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ शनिबार साँझ मापन गरिएको ...
। ललितपुरको सातदोबाटोबाट गोदाबरी जाने सडकमा भ्वाङ परेको छ । उक्त सडकको हात्तीबनमा पार्किङ गरिराखेको बस भ्वाङमा खसेको छ । आइतबार दिउँसो उक्त बसलाई बाहिर निकालिएको छ ।छेउमा रहेको ढल भत्किएका कारण सडकमा भ्वाङ परेको छ । सोही सडक खण्डको हात्तीवनमै अर्को पनि भ्वाङ परेको छ । त्यस्तै कतै पहिरो खसेको छ भने कतै रुख ढलेर सडक ...
। काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि यो सडक खण्ड बन्द रहेको छ । काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ । पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने विपी राजमार्ग समेत अवरुद्ध बनेको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका ...
काठमाडौं सिंगापुर एयरलाइन्सले पहिलोपटक काठमाण्डौंमा बोइङको ७८७–१० ड्रिमलाइनर बिमानमार्फत् उडान गर्ने भएको छ । सिंगापुर–काठमाण्डौ–सिंगापुर रुटमा हाल सातामा सात उडान गरिरहेको सिंगापुर एयरलाइन्सले नेपालीको महान चाडपर्वहरु दशैं–तिहारलाई लक्षित गरी हप्तामा दुई दिन ठूलो आकारको ड्रिमलाइनर जहाजमार्फत् उडान गर्ने घोषणा गरेको छ । अक्टुवर र नोभेम्बर महिनामा हरेक सोमबार र बिहीबारको उडान ड्रिमलाइनरमार्फत् गर्न लागिएको सिंगापुर एयरलाइन्सले ...
: दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ। त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्रै ३२ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका सहप्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका छन्। ४० जना सम्पर्कविहीन भएका छन्। देशभरिमा ४४ स्थानमा ...