मुख्य समाचार
सिंगापुर एयरलाइन्सले दशैं तिहारमा ड्रिमलाइनरबाट काठमाण्डौ उडान गर्ने
सिंगापुर एयरलाइन्सले दशैं तिहारमा ड्रिमलाइनरबाट काठमाण्डौ उडान गर्ने

काठमाडौं सिंगापुर एयरलाइन्सले पहिलोपटक काठमाण्डौंमा बोइङको ७८७–१० ड्रिमलाइनर बिमानमार्फत् उडान गर्ने भएको छ ।
सिंगापुर–काठमाण्डौ–सिंगापुर रुटमा हाल सातामा सात उडान गरिरहेको सिंगापुर एयरलाइन्सले नेपालीको महान चाडपर्वहरु दशैं–तिहारलाई लक्षित गरी हप्तामा दुई दिन ठूलो आकारको ड्रिमलाइनर जहाजमार्फत् उडान गर्ने घोषणा गरेको छ ।

अक्टुवर र नोभेम्बर महिनामा हरेक सोमबार र बिहीबारको उडान ड्रिमलाइनरमार्फत् गर्न लागिएको सिंगापुर एयरलाइन्सले जनाएको छ ।
दशैं–तिहारजस्ता पर्वमा ग्राहकको उच्च माग हुनुका साथै नोभेम्बर महिनामा नेपालमा ट्रेकिङका लागि बिदेशी पर्यटकहरुको आवागमन बढ्ने भएकाले ठूलो र सुविधासम्पन्न बिमानमार्फत् उडान गर्न लागिएको एयरलाइन्सले बताएको छ ।

हाम्रो बोइङ ७८७–१० ड्रीमलाइनर ३३७ सिट क्षमताकोे विमान हो, जसमा ३६ बिजनेस क्लास सिटहरू र ३०१ इकोनोमी क्लास सिटहरू छन् । बिजनेस क्लास सिटहरू ७६ इन्च लामो पुरै समतल ओछ्यानमा परिवर्तन गर्न मिल्नेछन्, हरेक सिटको चौडाइ २६ इन्चसम्म हुने र उचाइ घटाउन÷बढाउन सकिने भएकाले यात्रुलाई बस्नको लागि अझ धेरै आराम र सुविधा प्रदान गर्दछ ।

इकोनोमी क्लास सिटहरूमा थप आराम प्रदान गर्नका लागि एर्गोनोमिक रूपमा डिजाइन गरिएको पछाडिको सपोर्ट सहितको छ, जसमा ६ वटा दिशामा मिलाउन मिल्ने हेडरेस्ट र लेभल सेट गर्न मिल्ने सुविधाहरु पनि छन् । बिमानमा यात्रुलाई १ हजार ९ सय भन्दा बढी फिल्म, टिभी शो, संगीत एल्बम र खेलहरूको पहुँच हुनेछ भने यात्राभर निःशुल्क वाईफाई सुविधा पनि हुनेछ ।

सिट क्षमताका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने यो नै अहिलेसम्मको ठूलो बिमान हुने छ ।

अन्य पाँच दिनको उडान भने मौजुदा ७३७–८०० विमानबाट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ शनिबार साँझ मापन गरिएको ...
। ललितपुरको सातदोबाटोबाट गोदाबरी जाने सडकमा भ्वाङ परेको छ । उक्त सडकको हात्तीबनमा पार्किङ गरिराखेको बस भ्वाङमा खसेको छ । आइतबार दिउँसो उक्त बसलाई बाहिर निकालिएको छ ।छेउमा रहेको ढल भत्किएका कारण सडकमा भ्वाङ परेको छ । सोही सडक खण्डको हात्तीवनमै अर्को पनि भ्वाङ परेको छ । त्यस्तै कतै पहिरो खसेको छ भने कतै रुख ढलेर सडक ...
। काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि यो सडक खण्ड बन्द रहेको छ । काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ । पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने विपी राजमार्ग समेत अवरुद्ध बनेको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका ...
: दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ। त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्रै ३२ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका सहप्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका छन्। ४० जना सम्पर्कविहीन भएका छन्। देशभरिमा ४४ स्थानमा ...
: सहकारी ठगीमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देव कुमार नेपाली भारतबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भारतीय प्रहरीको सहयोगमा नेपालीलाई पक्राउ गरेको स्रोतले जनाएको छ। यद्यपि नेपाल प्रहरीले यसबारे औपचारिक धारणा दिएको छैन। फरार नेपाली ढोरपाटन नगरपालिका बुर्तिवाङ बागलुङका नगरप्रमुख समेत हुन्। इमेजका संस्थापक अध्यक्ष नेपालीले २०८१ ...