मुख्य समाचार
जापानका लागि १३ अक्टोबर बिहान ११ः३५ बजे दशैं टीकाको उत्तम साइत ।नेपालसहित ३२ देशका लागि बडादशैंको टीकाको साइत सार्वजनिक
जापानका लागि १३ अक्टोबर बिहान ११ः३५ बजे दशैं टीकाको उत्तम साइत ।नेपालसहित ३२ देशका लागि बडादशैंको टीकाको साइत सार्वजनिक

। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए ।


समितिले दिएको साइतअनुसार नेपालको काठमाडौंका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ ।

यसैगरी दिल्ली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ः४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९ः५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९ः३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।




यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताए ।

टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११ः३५, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः१५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११ः२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा माधव भट्टराईले जानकारी दिए ।

लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०ः२४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०ः२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०ः२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०ः१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११ः५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११ः४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११ः०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११ः२१ बजे उत्तम साइत परेको छ ।

सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९ः१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९ः१६, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११ः४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११ः४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११ः२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११ः२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११ः५५ र माल्टामा १२ अक्टोबर बिहान १०ः४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दशैंको साइत माग भएपछि समितिले निर्णय गरेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले सन् २०३१ को मार्च महिनासम्ममा ताइवानबाट ११० किलोमिटरको दुर्गम पश्चिमी टापु 'योनागुनी' मा जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू तैनाथ गरिने घोषणा गरेका छन् । सन् २०२२ मा यो योजना घोषणा गरिए पनि जापानले सैन्य योजनाको निश्चित समयतालिका पहिलो पटक सार्वजनिक गरेको हो जसलाई यस क्षेत्रमा बढ्दो चिनियाँ सैन्य ...
— ताइवान विषयलाई लिएर चीन–जापान सम्बन्धमा चर्किएको कूटनीतिक तनावबीच चीनले मंगलबार ४० जापानी कम्पनीमाथि कडा निर्यात निगरानी र नियन्त्रण उपाय घोषणा गरेको छ । बेइजिङले २० कम्पनीलाई सीधै निर्यात नियन्त्रण सूचीमा राख्दै चिनियाँ निर्यातकर्ताहरूलाई ती संस्थासँग दोहोरो प्रयोगका सामग्रीको कारोबार गर्न प्रतिबन्ध लगाएको छ भने थप २० कम्पनीलाई कडा निगरानी सूचीमा समावेश गरेको छ । चिनियाँ ...
। व्यवसायीले वैदेशिक रोजगारीका लागि जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन आग्रह गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलले जापानस्थित नेपाली राजदूतावासलाई मागपत्र प्रमाणीकरण प्रक्रिया सरल र छरितो बनाउन आग्रह गरेको हो । दोस्रो जापान–नेपाल रोजगार सम्मेलनमा सहभागी हुन टोकियो पुगेको संघको टोलीले सोमबार कार्यबाहक राजदूत हरिहरकान्त पौडेलसँग भेटवार्ता गर्दै सम्मेलनको तयारीका साथै लामो ...
— ७ मार्च १९६१ मा नारा क्षेत्रको यामाटोकोरियामा शहरमा एक मध्यमवर्गीय परिवारमा ताकाइचीको जन्म भएको थियो । उनका बाबु दाईक्यु ताकाइची टोयटा ब्रान्डसँग आबद्ध एक अटोमोबाइल कम्पनीमा काम गर्थें । आमा काचुको ताकाइची नारा क्षेत्रको प्रहरी दस्तामा थिइन् । उनले नारा क्षेत्रीय यनिवी हाईस्कुलबाट उच्च शिक्षा हासिल गरेकी हु्न् । त्यसपछि उनले कोवे विश्वविद्यालयमा पढ्न थालिन् ...
। अभिनेता राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को बुक-टूर गर्ने भएका छन् । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा त्यहाँका ६ सहर टोकियो, सिजुओका, नागोया, ओसाका, फुकुओका र ओकिनावामा हुने ‘युगदेखि युगसम्म : सपना, साधना र सफलता’ शीर्षक कार्यक्रममा हमाल सहभागी हुने भएका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास जापान) को सहआयोजना एवं ...