मुख्य समाचार
सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने एमालेको निर्णय
सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने एमालेको निर्णय

: नेकपा (एमाले)ले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको एमालेको सचिवालय बैठकले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको महासचिव शंखर पोखरेलले जानकारी दिए।



nullसोमबारको मन्त्रिपरिषद् बैठकले प्रारम्भिकरुपमा एक अर्ब रुपैयाँ उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आह्वान गरे।




प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे पनि बैठकलाई अवगत गराए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बोक्सीको आरोप लगाएर महिलालाई अगुल्टो प्रहार गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाणगंगा नगरपालिका-१ उप्टाहा बस्ने ५१ वर्षीय हुम कुमार झेडी मगर र उनकी छोरी २१ वर्षीय खगिसरा झेडी मगर रहेका छन्। आमा छोरीले स्थानीय ५७ वर्षीय महिलालाई बोक्सीको आरोप लगाई आगोको अगुल्टोले शरीरको विभिन्न भागमा प्रहार गरेको आरोपमा पक्राउ गरिएको ...
— राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद सोबिता गौतमले चुनाव खर्च निर्वाचन आयोगमा बुझाएकी छन् । चितवन-३ बाट निर्वाचित उनले ९ लाख ९३ हजार ४५ रुपैयाँ चुनावमा खर्च भएको विवरण आयोगमा बुझाएकी हुन् । गौतमले सबैभन्दा बढी खर्च सवारी साधनमा गरेको उल्लेख छ । २ वटा सवारीसाधन, चालक र इन्धनसहित १५ दिनमा ३ लाख २५ हजार ...
: अदालतबाट कैद र जरिबानाको फैसला सुनाइएका एक जना फरार प्रतिवादी २ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५ वर्ष कैद र ४४ लाख ६२ हजार रुपैयाँभन्दा बढी जरिबानाको फैसला सुनाइएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रतुवामाई नगरपालिका–५ का ४० वर्षीय साजाहक मियाँ बिहीबार दिउँसो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको ...
— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन्। ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ,’ चुनावको सम्पूर्ण परिणाम आइसकेपछि उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म ...
— प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ८५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको छ । प्रत्यक्ष प्रणालीतर्फ ३ हजार ४ सय ६ उम्मेदवार रहेकामा २ हजार ८ सय ८५ ले १० प्रतिशतभन्दा कम ल्याएका कारण जमानत नजोगिएको हो । उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरे मात्र जमानत रकम फिर्ता हुने कानुनी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम