मुख्य समाचार
काभ्रेमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो, ६ जना बेपत्ता
काभ्रेमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो, ६ जना बेपत्ता

: काभ्रेमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका अनुसार काभ्रेको तेमाल, रोशी, पनौती, बनेपा लगायतका विभिन्न स्थानहरुमा बाढी पहिरोबाट ५४ जनाको मृत्यु भएको हो।



मृतकमध्ये ३८ जनाको सनाखत भएको छ। बाढी पहिरोमा परेर ६ जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ। बीपी राजमार्ग र अन्य स्थानहरूबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत आज बिहानसम्म हेलिकोप्टरबाट ३३७ जना र अन्यमाध्यमबाट ३२२६ जनाको उद्धार गरेर गन्तव्यसम्म जाने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

जिल्लाका विभिन्न स्थानहरूबाट नेपाली सेनाको हेलिकोप्टरले सकुशल उद्धार कार्यमा जोड दिएको कर्णेल सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा एमाले नेता अष्टलक्ष्मी शाक्यले महिलाहरूले विभिन्न कालखण्डमा गरेको आन्दोलन इतिहासमा कहिल्यै बिर्सन नहुने बताएकी छन्। ‘वर्ल्ड अफ वेमेन म्यागजिन र प्रोजेक्ट अभय तथा सी लिङ्स’को संयुक्त आयोजनामा काठमाडौंमा शनिबार आयोजित ‘राजनीतिमा संरचनात्मक अवरोध– महिला शक्ति र राजनीतिक संरचना’ विषयक खुला संवाद कार्यक्रममा बोल्दै उनले योगमाया न्यौपाने, द्वारिकादेवी ठाकुरानी, शैलजा आचार्य, सहाना प्रधानलगायत महिलाहरूले ...
— पाल्पाको रामपुरमा स्कुटर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । रामपुर नगरपालिका–५, बेझाडनजिकै नहर अफिस परिसरमा स्कुटर र मोटरसाइकल ठोक्किएको हो । रामपुरकै रानाटोलदेखि बेझाड बजारतर्फ आउँदै गरेको जीए–ए–एए–२३८७ नम्बर को स्कुटर र विपरीत दिशाबाट आएको लु ९३ प ४४८ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक रामपुर नगरपालिका–७, किसानबारीका ...
— सरकारले निरन्तर राष्ट्रिय गौरवको आयोजनाका रूपमा बजेट खन्याइरहेको आयोजना हो— काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) । औपचारिक रूपमा यसको थालनी भएको मिति २०७४ वैशाख हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको निर्णयबाट त्यतिबेला आयोजना निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर सेनाको दाबी छ— पुरानो विस्तृत परियोजना रिपोर्ट (डीपीआर) ले नभएपछि हामीले फेरि बनाउनुपर्‍यो । र, मन्त्रिपरिषद्बाट स्वीकृति गराएर ...
२३ र २४ भदौको जेन–जी आन्दोलनबाट तत्कालीन सरकार सत्ताच्युत भएपछि २७ भदौमा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो ।
— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या समाधान गर्दै यहाँको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका उनले मधेसमा रहेका विद्यमान समस्या समाधानका लागि आफूले सधैँ सहयोग गर्ने बताए । यही माघ १२ गते मतदाता भेट्न यहाँ आएका सभापति थापाले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम