मुख्य समाचार
निर्देशन हुँदा पनि रात्रिबस नरोकेको विषयमा आन्तरिक छानबिन भइरहेको छ : गृहमन्त्री लेखक
निर्देशन हुँदा पनि रात्रिबस नरोकेको विषयमा आन्तरिक छानबिन भइरहेको छ : गृहमन्त्री लेखक

— वर्षाका कारण दुर्घटना हुने भनी रात्रिबस रोक्न गरेको यात्रासम्बन्धी निर्देशिका जारी गरेको अवस्थामा कसरी यातायात सञ्चालन भए भनेर आन्तरिक छानबिन भइरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।




प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा गृहमन्त्री लेखकले पूर्वसूचना जारी गर्दा पनि किन रात्रिबस काठमाडौं प्रवेश गर्न रोकिएन भनेर आन्तरिक छानबिन भइरहेको जानकारी दिए ।


मौसम पूर्वानुमानको सूचनामा आधारित भएर बस सञ्चालन नगर्न र नगराउन सूचना जारी हुँदा पनि किन बस सञ्चालन गर्न दिइयो भनेर सांसदहरूले गृहमन्त्रीलाई सोधेका थिए । धादिङको झ्याप्लेखोलामा बस पुरिँदा ३५ जनाको मृत्यु भएको थियो ।

सो विषयमा गृहमन्त्री लेखकले भने, 'एडभाइजरी नोट जारी गरेका थियौं, तर त्यस्तो अवस्थामा पनि कसरी रात्रिबस चले भन्ने छानबिन गरिरहेका छौँ । आन्तरिक छानबिन भइरहेको छ ।' गृहमन्त्री लेखकले आगामी दिनमा प्राकृतिक विपत्ति आएमा कसरी उद्धार, राहतलगायतका काम गर्ने भन्नेबारे सरकारले तयारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा आफूकहाँ नआएकैले स्वीकृत नभएको बताएका छन् । शुक्रबार एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जागरणसभामा त्रिविका कुलपतिसमेत रहेका ओलीले आफूकहाँ आउँदै नआएको राजीनामा स्वीकृत नगरेको भनेर मिडियामा प्रचार गरिएको गुनासो गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार मात्र उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा ...
: विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरूले माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्। नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशमा केही भएन भनेर गलत भाष्यको भ्रम फैलाउन खोजिएको भन्दै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्त्री दाहालले गफभन्दा तथ्यले भ्रम चिर्नुपर्ने बताए । नेपालमा पूर्वाधार निर्माण तीव्र भइरहेको उल्लेख गर्दै उनले २ दशक अघिसम्म पनि देशको ...