मुख्य समाचार
मिथुन चक्रवर्तीलाई भारत सरकारले दादासाहेब फाल्के अवार्ड दिने
मिथुन चक्रवर्तीलाई भारत सरकारले दादासाहेब फाल्के अवार्ड दिने

। भारत सरकारले बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई यसवर्षको दादासाहेब फाल्के अवार्ड प्रदान गर्ने भएको छ । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले सोमबार यसको औपचारिक घोषणा गरे । असोज २२ गते आयोजना हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा सम्मान गरिने भएको छ ।

मिथुनले सन् १९७६ मा ‘मृगया’बाट फिल्मी करिअर थालेका थिए । पहिलो फिल्मबाटै उनले राष्ट्रिय पुरस्कार जितेका थिए । उनले सन् १९८२ को फिल्म ‘डिस्को डान्सर’बाट प्रसिद्धी प्राप्त गरे ।

चक्रवर्तीलाई पुरस्कार प्रदान गर्नेबारे जानकारी दिँदै केन्द्रीय मन्त्री वैष्णवले सामाजिक संजाल एक्समा लेखे, ‘मिथुन दाको उल्लेखनीय चलचित्र यात्राले धेरै पुस्तालाई प्रेरित गर्छ । दादासाहेब फाल्के छनोट निर्णायक मण्डलले भारतीय सिनेमामा उनको प्रतिष्ठित योगदानको लागि यसवर्ष प्रसिद्ध अभिनेता मिथुन चक्रवर्तीलाई यो पुरस्कार दिने निर्णय गरेको घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं ।’

दादासाहेब फाल्के पाएकोमा मिथुनलाई बधाई दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन्, ‘भारतीय सिनेमामा अनुपम योगदानका लागि मिथुन चक्रवर्तीलाई दादासाहेब अवार्डबाट सम्मानित गर्न पाउँदा खुसी लागेको छ ।’

सम्मान पाएपछि मिथुनले भनेका छन्, ‘साँचो भन्नुपर्दा मसँग कुनै भाषा छैन । न म हाँस्न सक्छु, न म खुशीले रुन सक्छु । यो यति ठूलो कुरा हो । म कहाँबाट आएको केटाले यति ठूलो सम्मान पाएको कल्पना पनि गर्न सक्दिन । म यो पुरस्कार मेरो परिवार र विश्वभरका फ्यानलाई समर्पित गर्दछु ।’

सन् २०२३ मा दिग्गज अभिनेत्री वहिदा रहमानलाई दादासाहेब फाल्के अवार्डबाट सम्मानित गरिएको थियो । यो अवार्ड पाउने उनी आठौं महिला हुन् । यसअघि देविका रानी, रुबी मेयर्स, कानन देवी, दुर्गा खोटे, लता मंगेशकर, आशा भोस्ले र आशा पारेखले यो अवार्ड पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ। नदी, साहस र पर्यटनको संगम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। नेपाल ...
। बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो । विवरणअनुसार, खानको कुल सम्पत्ति करिब १.३ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । यो सूची मार्च ५ मा सार्वजनिक गरिएको हो र सम्पत्तिको गणना भने जनवरी १५ सम्मको तथ्यांकका आधारमा गरिएको ...
— चलचित्र विकास बोर्डले कान्स फिल्म फेस्टिभलको ७९ औं संस्करणमा सहभागिता जनाउने भएको छ । पर्यटन बोर्डसँगको सहकार्यमा फेस्टिभलमा नेपालको एक स्टल (बुथ) पनि राखिने बोर्डले जानकारी दिएको हो । नेपालको चलचित्र क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपाली चलचित्र र चलचित्रकर्मीहरूलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यका साथ बोर्डले नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउन लागेको बोर्ड अध्यक्ष ...
। लामो समयदेखि योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो । बोर्डका अनुसार स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३० वर्ष ...
। अन्तर्राष्ट्रिय फिल्म ‘द ब्लफ’ मा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा गरिएको छ । यो सम्मान पाएकोमा खुशी व्यक्त गर्दै प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रशंसक र अनुयायीसँग खबर साझा गरेकी छन् । पोस्टमा छोटकरीमा ‘२०२६ एकेडेमी अवार्ड्स’ भनेर क्याप्सन लेखेकी छन् । खबर सार्वजनिक भएपछि उनका प्रशंसक, ...