मुख्य समाचार
जुकरबर्गको सम्पत्ति २ खर्ब डलर नाघ्यो, बने विश्वकै चौथो धनी व्यक्ति
जुकरबर्गको सम्पत्ति २ खर्ब डलर नाघ्यो, बने विश्वकै चौथो धनी व्यक्ति

सोसल मिडिया प्लाटफर्म फेसबुकका संस्थापक मार्क जुकरबर्ग अन्ततः २ खर्ब डलर सम्पत्ति भएका विश्वका धनाढ्यको सूचीमा प्रवेश गरेका छन् ।

२ खर्ब एक अर्ब डलर सम्पत्तिसँगै जुकरबर्ग विश्वको चौथो सबैभन्दा धनी व्यक्ति बनेका छन् । विश्वमा २ खर्ब डलर भन्दा धेरै सम्पत्ति भएका व्यक्ति यसअघि तीनजना मात्रै थिए । अब एलन मस्क, जेफ बेजोस र बर्नार्ड आर्नल्टसँगै जुकरबर्ग पनि टु बिलियन डलर क्लबमा समावेश भएका हुन् ।




ब्लुम्बर्गको बिलेनियर इन्डेक्स अनुसार मेटा सीईओ जुकरबर्गको सम्पत्ति २ खर्ब १ अर्ब डलर पुगेको हो ।

वास्तवमा मार्क जुकरबर्गका लागि यो लक्ष्यसम्म पुग्नु सजिलो थिएन । त्यसक्रममा उनले कैयन् उतारचढावको सामना गरे, आफ्नो लक्ष्यमा डटिरहे र अगाडि बढिरहे ।




मेटाको शेयरमा भारी उछाल

फेसबुकको मातृ कम्पनी मेटाको शेयर मूल्यमा भारी वृद्धि भएसँगै जुकरबर्गको सम्पत्तिमा पनि उछाल आएको हो । गत जनवरी महिनाको तुलनामा मेटाको शेयर ६० प्रतिशत महंगो भएको छ । यसमा मेटा एआइको पनि ठूलो भूमिका छ ।

फेसबुकबाटै खर्बपति

जुकरबर्गले सन् २००४ को फेब्रअरीबाट आधिकारिक रुपमा फेसबुकको सुरुवात गरेका थिए । त्यसपछि उक्त यात्रा अगाडि बढ्यो । पछि जुकरबर्गले ह्वाट्सएप मेसेजिङ एप पनि अधिग्रहण गरे ।

विस्तारै उनी फेसबुकका अलावा अन्य विभिन्न प्लाटफर्म हरुको पनि मालिक बने । ती सबै प्लाटफर्मलाई एउटा नयाँ नाममा सामेल गर्ने योजना बनाए र सन् २०२१ मा मेटा कम्पनीको स्थापना गरे ।

हालै मेटा कनेक्ट २०२४ कार्यक्रमका क्रममा जुकरबर्गले आफ्नो आगामी आर्टिफिसियल इन्टेलिजेन्स योजना पेस गरे । त्यसअघि कम्पनीले मेटा एआई लञ्च गरिसकेको छ, जो ह्वाट्सएप लगायतका विभिन्न प्लाटफर्ममा उपलब्ध छ । मेटा एआईका मासिक सक्रिय प्रयोगकर्ता ५० करोड भन्दा धेरै छन् ।

मेटा कनेक्ट २०२४ का क्रममा मार्क जुकरबर्गले ओरियन अग्मेन्टेड रियालिटी चस्मा लगायतका विभिन्न उपकरण सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतले नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाइ ज्ञापन गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले नेपाली नागरिकहरूले उत्साहजनक सहभागितासहित आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा खुसी व्यक्त गरे। उनले विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाल सरकार, नेपाली जनता तथा सरोकारवालाहरूलाई विशेष परिस्थितिका बीच सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा बधाई दिए। भारतले सधैं नेपालमा शान्ति, प्रगति ...
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...