मुख्य समाचार
थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु
थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु

थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ । बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको सञ्चारमाध्यममा उल्लेख छ। अहिले उद्धारकर्मीहरूले बाँकी बालबालिकाको उद्धार गर्ने प्रयास गरिरहेका छन् । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।



बसको टायर फुटेका कारण आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् । मंगलबार दिउँसो करिब १२:३० बजे बैंककको खु खोत क्षेत्रमा दुर्घटना भएको हो । बस स्कुलबाट फर्कँदै थियो ।

बसमा ३ देखि १५ वर्षसम्मका बालबालिका सवार थिए । उनीसँगै ५ जना शिक्षक पनि थिए । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको बीबीसीले जनाएको छ ।


थाइल्याण्डका प्रधानमन्त्री पाइतोङटार्न सिनावात्राले दुर्घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले यातायात मन्त्रीलाई घटनास्थलमा गएर अवस्थाबारे जानकारी लिन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा आगलागीबाट करिब एक हजार ५०० झुपडी जल्दा हजारौं बासिन्दा घरबारविहीन भएका छन्। तर, आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेको १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। अग्निशमन सेवाका निर्देशक ...
: अमेरिकाको वाशिंगटन डीसीमा गोलीबारी भएको छ। एफबीआई निर्देशक काश पटेलका अनुसार गोलीबारीमा राष्ट्रिय गार्डका दुई सदस्य गम्भीर घाइते भएका छन्। अधिकारीहरूका अनुसार आक्रमणकारीले स्थानीय समय अनुसार बिहान २:१५ बजे राष्ट्रिय गार्डका सदस्यहरूमाथि गोली चलाएका थिए। घटना ह्वाइट हाउस नजिकै भएको थियो। सीबीएस न्यूजका अनुसार संदिग्ध आक्रमणकारी अफगानी नागरिक रहमानउल्लाह लकनवाल हुन्। उनी २०२१ मा अमेरिका ...
: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ। यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र, समावेशीकरण ...
। हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ । २७९ जनाको अवस्था अज्ञात छ । स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी भएको थियो । बीबीसीका अनुसार आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ भने ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । हङकङको ...
: थाइल्याण्डमा भारी वर्षाका कारण धेरै शहर र नगरहरू बाढीको सामना गरिरहेका छन्। अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ । सरकारले राहत र उद्धार कार्यका लागि सेनालाई डुङ्गा र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ। देशको दक्षिणी भागका दश प्रान्तहरू गत हप्तामा बाढीबाट प्रभावित भएका छन्। मलेसियाको सिमानामा रहेको व्यापारिक केन्द्र हात याई शहरमा एकै दिनमा ...