मुख्य समाचार
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने

: विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले बुधबार नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपि) वृद्धिदर सन् २०२५ मा पाँच दशमलव एक र सन् २०२६ मा पाँच दशमलव पाँच प्रतिशत रहने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले भने छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।



गत आवको तुलनामा यस आवमा आर्थिक वृद्धि बढ्ने अनुमान विश्व बैंकको छ । यद्यपि हाल मुलुकले भोगेको बाढीपहिरो र डुबानको कारण सिर्जित समस्याले अर्थतन्त्रमा पार्नसक्ने असरको भने लेखाजोखा गरिएको छैन ।

केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याएका कारण थोक तथा खुद्रा व्यापार,निर्माण क्षेत्र र उत्पादन क्षेत्र लाभान्वित हुने तथा निजी क्षेत्रको लगानी वृद्धि हुने अनुमान गरिएको छ । सन् २०२४ मा पर्यटन आगमन ३० प्रतिशतले बढ्दा सेवा क्षेत्रको वृद्धि हुने र यातायात, आवास तथा खाद्य क्षेत्रमा वृद्धि हुने अनुमान छ । जलविद्युत् र कृषि क्षेत्रको उत्पादन बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । यसवर्ष जलविद्युत् उत्पादन चार सय ५० मेगावाट थपिने र धान उत्पादन चार दशमलव तीन प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।




त्यस्तै,मुद्रास्फीति सन् २०२५ मा पाँच प्रतिशत र सन् २०२६ मा साँढे चार प्रतिशत रहने पनि विश्व बैंकको अनुमान छ । मुद्रास्फीति सन् २०२३ मा सात दशमलव सात प्रतिशत र सन् २०२४ मा पाँच दशमलव चार प्रतिशत रहेको छ ।

चालु आवमा निजी क्षेत्रको खपत एक दशमलव आठ प्रतिशत र सरकारी क्षेत्रको खपत पाँच दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसवर्ष चालु खाता बचत जिडिपिको दुई दशमलव छ प्रतिशत रहने र सरकारी राजस्व २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले सेवा व्यापारका लागि सटही सुविधा दिने भएको छ । विदेशबाट रकम प्राप्त भएका आधारमा भारत तथा तेस्रो मुलुकबाट आयात भएको सेवा अन्य मुलुक (भारत समेत) मा निर्यात गर्न पाइने भएको हो । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै सेवा आयात गरेर नाफा राखी निर्यात गर्न सटही सविधा दिने ...
: दसैंमा नुवाकोटमा करिब तीन करोड बराबरको खसीबोकाको कारोबार भएको छ काठमाडौंलगायतका जिल्लामा नुवाकोटमा खसीबोका निर्यात भएको हो। १२ स्थानीय तह रहेको पहाडि नुवाकोटमा दसैंमा चार करोडको खसीबोका खपत भएको र दसैंमा मात्र करिब ती करोड रुपैयाँको कारोबार भएको पशुसेवा कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका अधिकृत भरत पाण्डेका अनुसार दसैंका लागि नुवाकोटबाट सात सय बढी ...
: अर्घाखाँचीबाट यो दसैंका लागि झण्डै डेढ करोडको खसीबोका बाहिरी जिल्ला निर्यात भएको छ। अर्घाखाँचीमा झण्डै ८ करोडको खसीबोका खपत भएको र यो दसैंमा मात्र डेढ करोड बढीको खसीबोका आसपासका जिल्लामा निर्यात भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अर्घाखाँचीका प्रमुख विष्णु प्रसाद पौडेलले बताए। अर्घाखाँचीमा कृषकहरू व्यावसायिक बाख्रापालनमा लागेका छन्। बाख्रापालनका लागि उचित वातावरण तथा ...
। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्थामा कडाइ गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थागत नीति तथा कानुन परिमार्जन गर्दै राष्ट्र बैंकले जोखिममा आधारित नीति, कार्यविधि तथा कार्ययोजनामा संशोधन गर्नुपर्ने व्यवस्था गरेको हो । ‘प्रचलित कानुनमा भएको परिवर्तन, जोखिम मूल्यांकन, व्यवसाय र प्रविधिमा ...
। भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैंकहरूले २१औं शताब्दीमा जलवायु परिवर्तन, भूराजनीतिक अस्थिरता, प्रविधि प्रगति र कृत्रिम बौद्धिकता(एआई) जस्ता चुनौती सामना गर्नुपर्ने अवस्था रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले प्रथम गभर्नर हिमालयशम्सेर राणाको स्मृतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै यी सबै विषयमा सतर्कता अपनाउन र समयमै उपयुक्त नीति ...