मुख्य समाचार
सूर्यवंशी बने कम उमेरमा शतक हान्ने खेलाडी
सूर्यवंशी बने कम उमेरमा शतक हान्ने खेलाडी

। भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशी प्रोफेसनल (व्यवसायिक) प्रतिस्पर्धात्मक क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक हान्ने खेलाडी बनेका छन् ।

उनले भारतको यू१९ टोलीबाट अष्टेलिया यू१९ विरुद्ध टेस्ट क्रिकेटमा १३ वर्षको उमेरमा शतक हान्दै उक्त कीर्तिमान बनाएका हुन् ।


चेन्नईमा जारी उक्त टेस्ट खेलमा उनले ६२ बलमा १४ चौका र ४ छक्कासहित १०४ रनको शतकीय इनिङ खेले । उनले १३ वर्ष १८८ दिनमा उक्त शतक हानेका हुन् ।

उनीले बंगलादेशका नाज्मुल हसन सान्टोले २०१३ मा श्रीलंकाविरुद्ध १४ वर्ष २४१ दिनमा हानेको शतकको कीर्तिमान तोडेका हुन् । त्यस्तै पाकिस्तानका बाबर आजमले २००९ मा श्रीलंकाविरुद्ध १५ वर्ष ४८ दिनमा शतक हानेका थिए ।




सूर्यवंशीले ५८ बलमा शतक पूरा गर्दै यू१९ क्रिकेट इतिहासमा दोस्रो छिटो १०० रन बनाउने खेलाडी बने । इंग्ल्यान्डका मोइन अलीले २००५ मा ५६ बलमा श्रीलंकाविरुद्ध हानेको शतक नै यू१९ को सर्वाधिक छिटो हो ।

विहारमा जन्मिएका उनले घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । गत जनबरीमा १२ वर्षकै उमेरमा बिहारबाट मुम्बईविरुद्ध रणजी ट्रफीमा डेब्यू गर्दै १९ र १२ रन बनाएका थिए ।

युवराज शर्मा र सचिन तेन्दुलकरको कीर्तिमानलाई पछि पार्दै रणजी ट्रफी खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित